तालिम उत्रिर्णलाई सिप परिक्षण बोर्डको प्रमाण पत्र प्रदान

Avatar photo
Dhadingpost
साउन ११, २०७६

धादिङबेसी साउन ११ । धादिङबेसी रहेको मिडल्याण्ड एजुकेशनल एण्ड टेक्निकल एकेडेमीले संचालन गरेको तालिममा उतिर्ण गरेका सहभागिहरुलाई राष्ट्रिय सिप परिक्षण बोर्डले प्रदान गरेको सिप परिक्षण उतिर्ण प्रमाण पत्र हस्तान्तरण गरेको छ ।

विगत ३ वर्ष देखि विभिन्न सिप विकासका कक्षाहरु संचालन गर्दै आएको यस एकेडेमीले जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख जगननाथ नेपालको हातबाट उधम बिकाश सहकर्ता ( EDF -L2 ) तालिम र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम उत्रिर्ण सहभागिहरुलाई शनिबार एक विशेष कार्यक्रमका बीच प्रमाण पत्र हस्तान्तरण गरेको हो ।

कार्यक्रममा घरेलुु बिकास समितिका कार्यालय प्रमुख केदार खड्का, धादिङ उधोग बाणीज्य संघका अध्यक रुद्र बहादुर खत्री, प्रशिक्षकहरुको आतिथ्यता रहेको मिडल्याण्ड एजुकेशनल एण्ड टेक्निकल एकेडेमीका संचालनक दिपक विश्वकर्माले धादिङपोष्टलाई बताए ।

मिडल्याण्ड एजुकेशनल एण्ड टेक्निकल एकेडेमीले “आर्थिक सम्बृद्विका लागि सिप र प्रबिधि सहितको उ‌धमशीलता” नाराको साथ विभिन्न सरोकारवाला निकायहरु सँग सहकार्य गरि मिडल्याण्ड एजुकेशनल टेक्निकल एकेडेमीले विभिन्न व्यवहारिक शिक्षाहरु प्रदान गर्दै आई रहेको छ ।