म बिहान ६ बजे उठछु । दैनिक काममा जान्छु । बेलुका थकित भएर घर फर्कन्छु । म घरमा सुत्छु । यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो । म यसको कर तिर्छु । म विवाह गर्छु, कर तिर्छु, बच्चा जन्माउछु कर तिर्छु, मेरो मृत्यु हुन्छ, त्यसको पनी कर लिन्छ । सरकार मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न् । उनी त्यसको पनि कर तिर्छन् ।
मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नु पर्छ ।
म दैनिक १२ घन्टा काम गर्छु, मेरो र श्रम बापत म तलब पाउँछु। तर त्यसमा पनि कर लाग्छ ।
म गाडी किन्छु । तेस्मा कर तिर्छु । प्रत्यक वर्ष कर तिर्छु । मे पेट्रोल किन्छु त्यसमा पनि कर तिर्छु । म सडकमा गाडी कुदाउँछु, त्यस्को पनि कर तिर्छु ।
म सन्तानलाई पढाए वापत कर तिर्छु ।
म बिरामी हुन्छु, डाक्टरलाई जचाउँदा पनि कर तिर्छु । म औषधी किन्छु त्यस्मा पनि कर तिर्छु । म अँखाका लागि चस्मा किन्छु, त्यस्मा पनि कर तिर्छु ।
म जुत्ता किन्छु, त्यस्मा पनि कर तिर्छु ।
म सर्ट किन्छु, त्यसमा पनि कर तिर्छु ।
म कट्टु किन्छु त्यस्मा पनि कर तिर्छु ।
म बिजुलीको सुल्क तिर्छु, त्यस्मा पनि कर तिर्छु ।
म पानी पिउछु, तेस्मा पनि कर तिर्छु ।
म जिवनका प्रत्य पाइलामा कर तिर्छु ।
मलाइ हर्ट एट्याक हुन्छ औषधि गर्छु । मृत्युबाट फर्किदा पनि कर तिर्छु । दुर्घटना हुन्छ । मेरो खुट्टा काटिन्छ, तर म सङ्ग कर लिइन्छ । बम पड्किन्छ, म बल्ल बल्ल बाँच्छु, म सङ्ग कर उठाइन्छ ।
तर यो करबाट के किन्छ सरकार ?
१. मन्त्री र हाकिमलाइ महङ्गो गाडी किन्छ ।
२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ ।
३. मन्त्री र हाकिम बिदेश यात्रा गर्न भत्ता दिन्छ सरकार । गत साल १४०० हाकिम र मन्त्रीले बिदेश डुले मैले अस्पतालमा उपचार गर्दा तिरेको करले ।
४. दलका कार्यकर्तालाई खर्छ बाँड्छ ।
५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ । हाकिम र मन्त्रीले ३५% प्रतिशत घुस खान्छ्न् ।
६. देशको ब्यापार घाटा सात गुना बढी भएको छ । टोल टोलका फलफुल दुकानमा अस्ट्रेलियाबाट ल्याएका स्याउ छ्न् । तर जुम्लाका स्याउ भैसीले खादैंछ्न् ।
७. गरिबले सिटामल पाँउदैनन् सुकुम्बासीको घर छैन । थुप्रै महिला शरीर बेच्न बाध्य छ्न् ।
८. किन ? म यो देशको सन्तान हुँँ । मेरो जिम्मेवारी छ यो देश जोगाउने । म नागरीक हुँ यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने । तर मलाई शासन गर्छ्न् मेरा देशका नेता, मलाइ शाेसण गर्छन् मेरा नेता ।
मैले भर्खर एउटा सन्तान जन्माएँँ । उस्ले यो देशलाई जोगाउन ज्यान पनि दिन्छ भविस्यमा तर, उस्लाई लिएर घर फर्किदा मैले उस्लाई जन्माए बापत कर तिरेंं । अब उस्को नाम दर्ता गर्दा कर तिर्नु पर्छ । उसलाई स्कुल भर्ना गर्दा कर तिर्नु पर्छ । उस्को विवाह दर्ता गर्दा कर तिर्नु पर्छ । उसको नागरिकता लिदा कर तिर्नु पर्छ ।
कहिले सम्म म कर तिरि रहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ति गरि रहने ?
सायद नेता मन्त्रीहरूले सोच्छन होला आफुजत्ति वा बढी जान्ने पछिल्लो पुस्ता नबनोस् ।
जनताले तपाइँलाई भोट हालेर तपाईले जित्नु भयो तपाई माननिय हुनुहुन्छ । के मेरो यी प्रश्नकाे उत्तर तपाई संग के छ ?
सधैँ सँधै तपाईहरूलाई नमस्कार मात्र गरिरहने हामी । हामीले कर तिरेवापत सुविधा लिने नेता र कार्यकर्ताले हाे कि जनताले ।
ठुला व्यवसायी भन्दा स्वराेजगार व्यवसायी कानुनी झन्झट र करकाे मारमा छन् । एउटा घुम्ती पसल र किराना पसलले कति कर छलेका हाेलान् र सरकार ठुला व्यवसायी ले कर छलि गरेकाे विषय गाैण मान्दै स्वाेराेजगार साना व्यवसायी माथि आँखा लगाउदैै छ ।
जनताले खुसीका साथ कर तिर्छन् तर पहिला नेता र जनप्रतिनिधिले आफैले कानुन बनाएर लिएकाे सेवा सुविधा नलिने घाेषणाा गरि करकाे पैसा जनताकै लागि खर्च गरियाेस् ।
ईमान्दार राजनीति गर्ने हाे भने जनप्रतिनिधि र नेताका लागि सेवा सुविधाकाे लिन जनता माथि कर थाेपरिनु हुन्न ।
प्रजुन अधिकारी
हाल: मकाउ
