धादिङ साउन ११ । धादिङको गजुरी गाउपालिका ६ स्थित दरिङ्गाल खाेलामा बालुवा निकाल्दै गरेकाे एक्साभेटर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
शुक्रबार बिहान अन्दाजी ४ बजेकाे समयमा खाेलामा बालुवा निकाली रहेकाे २२० लेखिएको हुण्डाई कम्पनीको एक्साभेटर सहित चालक काजी थापालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
राजनीति आडमा र अवैध बालुवा खानीहरु संचालन भै रहेकाे दक्षिणी धादिमा, पटक पटक मिडियमा समाचारहरु आउने गरेपनि सबै तहका सरकारहरुले बालुवा तस्करहरुलाई कानुनी दायरामा ल्याउन सकिरहेका छैनन् ।
पछिल्लाे समय प्रहरीले नियन्त्रणमा लिएकाे उक्त एक्साभेटर र चालक थापालाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति धादिङमा पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।
फाेटाे स्रोत प्रहरी कार्यालय

