बेनिघाट राेराङका दुई विद्यालय फाईनलमा

Avatar photo
Dhadingpost
साउन ८, २०७६

धादिङ साउन ८ । धादिङको गजुरी गाउँपालिका स्थित जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियाेगिताकाे फाईनलमा बेनिघाट राेराङका दुई विद्यालय पुगेका छन् ।

धादिङ फुटबल संघको आयोजना तथा चौधरी गूपको प्रायोजनमा साउन ४ गतेबाट सुरुभएको Kwiks Cup अन्तर विद्यालय छात्र र छात्रा फूटबल प्रतियोगितामा बेनिघाट राेराङका बागेश्वरी मावि र शंखादेवि मावि मंगलबार भएकाे सेमीफाईनल पार गर्दै फाईनल प्रवेस गरेका हुन् ।

यश Kwiks Cup काे फाईनल खेल साउन ९ गते हुने आयाेजक फुटबल संघ धादिङका रामहरि थापाले बताए ।

मंगलबार भएकाे सेमिफाइनल खेल अवलाेकन गर्न पुगेका बेनिघाट राेराङ गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकाेटीले सबै उमेर समुहमा फुटबल, क्रिकेेट, भलिबल हाेस् या अन्य खेल आफ्नाे पालिका अब्बल रहेकाे बताए । उनले खेलकुदकाे विकासलाई नीतितथा कार्यक्रममा नै राखि पालिका अगाडि बढेकाे समेत बताए ।