धादिङको मावि स्तरिय फुटबल सेमिफाईलन प्रवेष

Avatar photo
Dhadingpost
साउन ६, २०७६

धादिङ साउन ६ । गजुरी गाउँपालिकाको गलौंदी खेल मैदानमा जारी माध्यामिक विद्यालय स्तरिय फुटबल प्रतियोगिता सेमिफाईनल प्रवेश गरेको छ ।

१९ वटा विद्यालयहरुले भाग लिएको यस प्रतियोगिताको सेमिफाईनलमा बागेश्वरी मावि मलेखु, शंखादेवि मावि मझिाटनर, ब्राईट फ्यूचर मावि मलेखु र आदर्श मावि गजुरी पुगेका छन् ।

सेमिफाईनल यात्राका लागि सोमबार भएको खेलमा ब्राईट फ्यूचर मावि मलेखुले धादिङबेसी स्थित बाल मन्दिरलाई १-० को गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै आदर्श मावि गजुरीले सत्यवती मावि आदमटारलाई पेनाल्टी सुट आउटमा ५-३ को गोल अन्तरले पराजित गरेको थियो ।

धादिङ फुटबल संघको आयोजना तथा चौधरी गूपको प्रायोजनमा साउन ४ गतेबाट सुरुभएको Kwiks Cup अन्तर विद्यालय छात्र र छात्रा फूटबल प्रतियोगिताको फाईनल खेल साउन ८ गते हुने हुने संघका महासचिव रामहरि थापाले बताए ।

यस अघिका समाचार
गलौंदीमा फुटबल प्रतियोगिता जारी
धादिङमा अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगिता जारी
खेलकुदमा राजनिती र भ्रष्टाचारकाे प्रवेष घातक
अन्तर विद्यालय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
विद्यालय स्तरीय फुटबल प्रतियोगिता स्थगित
जिल्ला स्तरीय अन्तर मावि छात्रा छात्र फुटबल प्रतियोगिता हुँदै