
धादिङ साउन ६ । धादिङबेसी बीचबजार र मैदीबाट अष्ट्रिया गई बसोबास गर्दै आएका कुमार अधिकारी र भवानी तिवारी NRNA NCC Austria को 2019-2021 काे लागि निर्वाचित भएका छन् ।
अष्ट्रियामा रहि नेपालको सामाजिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएका कुमार अधिकारी NRNA NCC Austria को उपाध्यक्ष पदमा र भवानी तिवारी महासचिव पदमा लागि विजयी भएका हुन् ।
जुलाइ २१ गते भएको निर्वाचनबाट निर्वाचित बने सँगै धादिङपोष्ट सँग कुरा गर्दै अधिकारीले भने नेपाली समाजको प्रगतिका लागि म हिजोपनि तत्पर थिए, आजपनि छु र निरन्तर लागि रहने छु । अब उपाध्यक्षको जिम्मेवारी बहन गर्दै संघलाई अझ क्रियाशील र रचनात्मक बनाउन भुमिकामा रहने छु ।

