
धादिङ साउन ६ । नेपाली गीतसंगीतको क्षेत्रमा एक दशकदेखि योगदान दिइरहेका धादिङका राजकुमार बानियाँले तीज गीत बजारमा सार्वजनिक गरेका छन् ।
लोक तथा दोहोरीबाट उदाएका बानियाँले पछिल्लो समय श्रीमती नामक तीज गीत सार्वजनिक गरेका हुन् ।
बानियाँले आफ्नै गाउँ धादिङ मुलपानी पुगेर बर्षे असारे झरीको परवाह नगरी गाडी नजाने, भत्केको बाटो, पहिरोको डरमा कसरी जान्छौ रु माईति लिन आएनन्, फोनको भरमा बोलाए, भन्दै श्रीमानको पीरलाई भिडियोमा कैद गरेका छन् ।
भिडियोको निर्देशन आफै गरेका बानियाँले श्रीमतीको भूमिकामा जुना गुरुङलाई देखाएका छन् ।
