गलौंदीमा फुटबल प्रतियोगिता जारी

Avatar photo
Dhadingpost
साउन ६, २०७६

धादिङ साउन ६ । जिल्ला फुटबल संघ धादिङको आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा आईतबारबाट सुरु भएको Kwiks Cup अन्तर माध्यमिक विद्यालय छात्र र छात्रा फुटबल प्रतियोगितामा जारी छ ।

गजुरी गाउँपालिकाको गलौंदी खेल मैदानमा जारी प्रतियोगिता मंगलबारको खेलमा महाकाली मावि पिपलटारले सहभागि नजनाए पछि  ब्राईट फ्यूचर मावि मलेखुलाई विजेता घोषणा गरिएको थियो । यस्तै भुवनेश्वरी मावि खेल्न नआए पछि बागेश्वरी माविलाई विजेता घोषणा गरियो ।

मंगलबार भएको तेस्रो खेल धादिङबेसी स्थित एड्भान्स एकेडेमी र शंखादेवि मावि मझिमटार बीच भएको थियो, जसमा शंखादेवि माविले एड्भान्स एकेडेमीलाई पेनाल्टी सुट आउटमा पराजीत गरेको थियो ।

यसैगरी सुपर क्यलिटी एकेडेमी धार्के तोकिएको समय सिमा भित्र खेल मैदान प्रवेस नगरेपछि धादिङबेसी स्थित बालमन्दिर माविलाई स्वतः विजेता घोषणा गरिएको थियो ।

विजेता विद्यालय सेमीफाईनल प्रवेस गरेको जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।

यस अघिका समाचार
धादिङमा अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगिता जारी
खेलकुदमा राजनिती र भ्रष्टाचारकाे प्रवेष घातक
अन्तर विद्यालय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
विद्यालय स्तरीय फुटबल प्रतियोगिता स्थगित
जिल्ला स्तरीय अन्तर मावि छात्रा छात्र फुटबल प्रतियोगिता हुँदै