
धादिङ साउन ५ । धादिङका दुई युवा नेताहरु युवा सम्मेलनमा भाग लिन ट्युनिसिया प्रस्थान गरेका छन् ।
अन्तराष्ट्रिय युवा परिषद मित्र संघले आयोजना गरेको युवा सम्मेलनमा भाग लिन नेकपा नेता तथा युवा परिषद धादिङका अध्यक्ष हरि थापा, नेकपा युवा नेता सन्तोष रानाक्षेत्रि अन्य ४ जना समेत गरी ६ जना उत्तर अफ्रिकी मुलुक ट्युनिसिया (Tunisia) प्रस्थान गरेका हुन् ।
साउन ७ गते देखि १६ गते (२३ जुलाई देखि १ अगस्ट २०१९) सम्म चल्ने उक्त सम्मेलनमा विश्वभरीबाट जम्मा भएका युवाहरु आ- आफ्नो देशका युवाहरुको अवस्था, भावी युवा नीति योजनाका विषयमा छलफल गर्ने सन्तोष राना क्षेत्रीले धादिङपोष्टलाई बताए ।

