विवेकशिलको धादिङ-काठमाडौं सम्पर्क मञ्च गठन

Avatar photo
Dhadingpost
साउन ४, २०७६

धादिङ साउन ४ । विवेकशिल साझा पार्टीको धादिङ-काठमाडौं सम्पर्क मञ्च गठन भएको छ ।

आईतबार काठमाडौमा सम्पन्न भएको भेलाले सुवास अर्यालको संयोजकत्वमा विवेकशील साझा पार्टी धादिङ-काठमाडौ सम्पर्क मञ्च गठन गरेको हो ।

विवेकशील साझा पार्टी ३ नम्बर प्रदेशका संगठन विभाग प्रमुख सुरेन्द्र रानाभाटको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा धादिङका नेताहरु सूर्य इटनी, प्रेम पौडेल, जयराम गिरी, सुजन रमण आचार्य, रमेश धमला, श्याम त्रिपाठी, दिपेश कडेल, उत्तम खनाल, शुभाष अर्याल, अच्युत राज गिरी, दिनेश बुढाथोकी, रामकृण धुतराज, विष्णु हरि सिलवाल, रमेश पाठक, राम हरि खत्रि लगायत धादिङबाट काठमाडौमा रहि विभिन्न पेशा व्यवसाय गर्दै आएका साझा विवेकशील पार्टीका कार्यकर्ता एवम् सुभचिन्तहरुको उपस्थिति रहेको थियो ।