
सन्दिप स्याम्चेन तामाङ
धादिङ साउन ४ । अन्तराष्ट्रिय जम्बुलिङ फिल्मस अवार्ड २०७६ थाइल्यान्डको बैककमा हुने भएको छ ।
पुरानोलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नाराका साथ साउन २३ गते अर्थात अगस्ट ८ तरिखमा अन्तरास्ट्रिय जम्बुलिङ फिल्मस अवार्ड थाइल्यान्डको बैककमा हुने भएको हो ।
धादिङ, रसुवा र नुवाकोटमा प्रचालित तामाङ समुदाय भित्र रहेको कला साँस्कृतिक परम्परा रहनसहन रितिरिवाज भेषभुषा झल्काइ राख्ने तामाङ गित म्हेन्दोमाया, नेपाली लोक दोहोरी गित, पप गित, आधुनिक गित र राष्ट्रिय गितबाट ५६ वटा बिधामा अवार्ड दिने घोषणा भएको छ ।
उत्कृष्ट ५ भित्र पर्ने गित, भाका, शब्द, गायक, गायिका, निर्देशन, स्वर, अभिनय देखि लिएर सबै क्षेत्रलाई समाबेश गरि अवार्ड दिने कार्यक्रम रहेको बताईएको छ ।
धादिङ जिल्ला खनियाबास गाउँपालिका सत्यदेवी राजकिङ वाइबाको एकल पहलमा यो कार्यक्रम थाइल्यान्डको बैककमा हुन लागेको हो ।
को हुन् राजकिङ वाइबा
नौ बर्षाको उमेर मै बुबाको निधन पछि धेरै संघर्ष र मेहेनत गर्दै आफ्नो भाग्य बनाउनको लागि मामा माइज्युको घर बसेर अध्ययन गरेका धादिङ जिल्ला खनियाबास गाउँ पालिका सत्यदेवी सुक बहादुर तामाङ, कलाकारिकताको नाम राजकिङ वाइबा सानै देखि नाच्न, गाउन सिपालु अनि चासो राख्ने गर्दथे ।
बलाजुको नृत्य कला केन्द्रमा नृत्य सिकेका उनले संगीतिक यात्रालाइ अगाडि बढाउँदै गर्दा जम्बुलिङ फिल्मस नामकको कला केन्द्र संचालनमा ल्याए ।
१५० वटा भन्दा बढिमा अभिनय र नृत्य निर्देशक गरिसकेको एक दर्जन जत्ती तामाङ गितहरु गइसकेका उनले किङले तामाङ भाषाको फिल्म टङजिम बोर्जी, सिङल्ह म्हानेमा अतिथि कलाकार अनि प्रङ्ना फिल्ममा आफै निर्देशक अनि नायक भएर काम गरेका थिए ।
कलाकारहरुलाइ हौसला प्रोत्साहन स्वारुप यो अवार्ड कार्यक्रम गरेको बताएका छन उनी ।
कलाको उच्चा मुल्यांकन र कदर गर्दै थप उर्जो मिलोस गित संगीत मर्फत भएनी अम्मर रहोस भन्ने हितुले यो अवार्डमा जुटेको भनाइ रहेको छ । थाइल्यान्डको बैककमा हुने उक्त अवार्ड कार्यक्रममा सबैको साथ मिलेको बताउँदै भब्य र सभ्य हुने बिश्वास समेत गरे ।

