
न्युजिल्याण्ड साउन १ । सकारात्मक सोच-समर्पित नेतृत्व अग्रजलाई आदर, युवालाई अवसर भन्ने नाराका साथ धादिङका रमेश सापकोटाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NZ NCC) न्युजिल्याण्डको सचिव पदका लागि उम्मेदवारी दिएका छन् ।
साउन ४ गते अर्थात जुलाई २० मा हुन गहि रहेको न्युजील्याण्ड २०१९-२१ को कार्यसमिति NRNA NZ NCC को लागि सापकोटाले सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
विगत ५ वर्ष देखि न्युजिल्याण्ड रहेर नेपालमा निरन्तर सामाजिक सेवामा सक्रिय सहभागिता जनाउँदै आएका सापकोटाले NCC को महत्वलाई सबै माझ पस्केर, अफ्ठ्यारो स्थितिमा सबै नेपाली अनि आफ्नो भुमिलाई सेवा गर्न रचनात्मक भुमिका निर्वाह गर्ने अठोटको साथ, NRNA NZ NCC मा उमेद्वारी दिएको धादिङपोष्टलाई बताए ।
