ह्वासिन सिमेन्टमा बाढी पस्यो (फोटो फिचर)

Avatar photo
Dhadingpost
असार ३०, २०७६

धादिङ असार ३० । मलेखु खोला कब्जा गरेर निर्माण कार्य जारी रहेको चिनिया कम्पनि ह्वासिन सिमेन्टको निमार्ण स्थलमा बाढी पसेको छ ।

खोला कब्जा गरेको आरोपमा विवादित बनेको चिनिया कम्पनि ह्वासिन सिमेन्ट निमार्ण स्थलमा बाढी पस्दा १२ हजार लिटरको डिजल ट्याङ्क बगाएको छ भने १ अर्व भन्दा बढीको क्षेति भएको बताईएको छ ।

सोमबार विहान करिब २ बजेतिर आएको बाढीले निर्माण स्थलमा ठुलो क्षेति पुर्याए पनि मानविय क्षेति भने भएको छैन् ।

चिनिया कम्पनि र नेपाली साझेदार सुरज बैद्यको लगानीमा निर्माण भएको हुवासिन सिमेन्टले मेलेखु खोलाको ३ सय रोपनी जग्गा कब्जा गरेर उद्योग निर्माण गरिरहेको छ ।

फोटो स्रोतः Bhadrakali Malekhu Dhading