महिला स्वास्थ्य सेविकालाई ४० हजार नगद सहित सम्मान

Avatar photo
Dhadingpost
असार ३०, २०७६

धादिङ असार ३० । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा विगत लामो समय देखि कार्यरत महिला स्वास्थ्य सेविका सानु भुजेललाई सम्मान तथा विदाई गरिएको छ ।

वेनिघाट रोराङ -२ मा महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा पुर्याउदै आएकी भुजेलले सेवााट राजीनामा दिए सँगै गाउँपालिकाले नगद ४० हजार सहित सम्मान गर्दै विदाई गरेको हो ।

आफ्नो जिम्मेवारी प्रति अत्यान्त जवफदेहि देखिने भुजेल अन्य कर्मचारीका लागि समेत प्रेरणा मिल्ने बताउँदै प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले उनलाई चेक हस्तान्तरण गरेका थिए ।