
धादिङ असार २९ । वर्षभरि बन्द हुने धादिङबेसीको भानुपार्कमा आईतबार धादिङका केहि अगुवा साहित्यकारहरु जम्मा भएका थिए ।
जिल्ला समन्वय समिति र सेनाको व्यारेक सँगै जोडिएको भानुपार्क भित्र झाँङ्गिएको झारपातहरु धादिङबेसीका सामाजिक अभियान्ताहरुले सफा गरिदिए पछि धादिङका साहित्यकारहरु २०६ औं भानु जयन्ती मनाउन पार्कमा जम्मा भएका थिए ।
कतिपय साहित्यकार र संचारकर्मीले समेत पत्ता नपाउने गरि आयोजना गरिएको उक्त कार्यक्रममा नीलकण्ठ क्याम्पसका केहि विद्यार्थीहरु भने सहभागिको रुपमा देख्न सकिन्थ्यो ।
भानु प्रतिष्ठान धादिङका अध्यक्ष डा. नवीनबन्धु पहाडी, धादिङ साहित्य समाजका अध्यक्ष डा. मुरारी अधिकारी, सिर्जना प्रतिष्ठानका अध्यक्ष उप प्रध्यापक प्रकाश पौडेल, कवियत्री कल्पना अधिकारी, दिपेन्द्र रिजाल, सिर्जना अर्याल र राजेन्द्र राना मगर लगायतका सष्ट्राहरुले भानुको शालिकमा टिका लगाई रामायण वाचन गरे सँगै कार्यक्रम सकिएको थियो । (फोटोः डा. नवीनबन्धु पहाडीको फेसबुकबाट)

