
अमृत तामाङ
धादिङ असार २९ । नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक जित ।
मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २(० ले सिरिजमा ऐतिहासिक जित निकालेको हो ।
नेपाल विद्ध १ सय ७४ रनको विजयी लक्ष्य लिएर व्याटिङमा आएको घरेलु टोली मलेसिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन मा सिमित रहन पुग्यो ।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट हात पारे । अभिनास बोहोरा, करण केसी, र कप्तान पारस खड्काको नाममा समान १(१ विकेट रह्यो ।
त्यसअघि विकेटकीपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले मलेसियालाई दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा १ सय ७४ रनको कीर्तिमानी लक्ष्य दिएको थियो ।

