नेपाली विकेटकीपर विनोद भण्डारीको उत्कृष्ट प्रदर्शन

Avatar photo
Dhadingpost
असार २९, २०७६

अमृत तामाङ
धादिङ असार २९ । नेपाली विकेटकीपर विनोद भण्डारीको उत्कृष्ट व्यटिङ सँगै नेपालले मलेसियालाई दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा १ सय ७४ रनको लक्ष्य दिएको छ ।

आईतबार किनारारा ओभल क्रिकेट मैदान मलेसियामा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको १ सय ७३ बनाउँदै मलेसियालाई १ सय ७४ रनको लक्ष्य दिएको हो ।

नेपाललाई कीर्तिमानी योगफलसम्म पुर्याउन विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्का सहित ५१ रनमा अविजित रहँदै इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर पवन सरार्फलाई १० रनमा गुमाएको थियो । सैद अजिजको पाँचौ ओभरको पाँचौ बलमा फिल्डिरले क्याच छाडेपनि पारससँग रनमा तालमेल गर्न नसक्दा पवन रन आउट भए । फ्रिती सामको छैटौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल खराब सर्ट खेल्दै ७ रनमा क्याच आउट हुन पुगे । लगत्तै अर्को बलमा कप्तान पारस खड्का विरनदीप सिंहबाट २३ रनमा क्याच आउट भए ।

चौथो विकेटका लागि रोहित कुमार पौडेल र ब्याट्सम्यान शरद भेषवाकरले ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सैद अजिजको १३ औं ओभरको पाँचौ बलमा रोहित सामबाट १९ रनमा क्याच आउट भए ।

रोहितले २३ बलमा १ चौका प्रहार गरे । त्यस्तै करण केसीले ब्याटिङ गर्दै १० बलमा समान १ चौका र छक्का सहित १६ रनमा क्याच आउट भए ।