बाढीपहिरो र डुबानले ३० जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार २८, २०७६

काठमाडौं असार २८ । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी दशभरबाट १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएको समेचत प्रहरीले जनाएको छ ।

मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना गरी १२ जना घाइते भएका छन् ।

सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १र१ जना गरी १८ जना बेपत्ता भएका हुन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ ।