मलेखु खोलाले बगाउँदा एकको मृत्यू

Avatar photo
Dhadingpost
असार २८, २०७६

धादिङ, असार २८ । धादिङको बेनिघाट गाउँपालिका ४ ज्यामिरे निवासी राजु ठकुरी शुक्रबार साँझ रोपाई सकेर मलेखु खोला तर्ने क्रममा बेपत्ता भएका थिए, उनको शव शनिबार बिहान भेटिएको छ ।

अबिरल वर्षाको कारण मलेखु खोलामा पानीको गति बढी थियो  । त्यहि बेला राजु ठकुरी खोला तर्न लाग्दा बगाए पछि स्थानीयहरुले रातभर खोजि कार्य गरेका थिए तर बिहान ८ बजे बगाएको ठाउँ भन्दा तीन किलो मिटर टाढा राजु शव भटिएको स्थानीय रामहरि थापाले बताए ।

बिहिबार र शुक्रबारको वर्षा पछि मुलुक भर १९ जनाको मृत्यु भैसकेको छ भने ८ बेपत्ता छन् ।