
अमृत तामाङ
धादिङ असार २८ । धादिङ फुटबल संघको आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा आज देखि हुने भनिएको Kwiks Cup अन्तर विद्यालय छात्र र छात्रा फूटबल प्रतियोगिता साउन ३ गते देखि हुने भएको छ ।
बिहिबारबाट परेको अविरल वर्षाका कारण खेल व्यवस्थापन सँगै सहभागि विद्यार्थीहरुको मागलाई समेत ध्यानमा राख्दै प्रतियोगिता साउन ३ गते सारिएको धादिङ फुटबल संघका महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।
Kwiks Cup अन्तरगत विद्यालय छात्ररछात्रा फुटबल प्रतियोगिता-२०७६ नाम दिएको उक्त प्रतियोगिता, जिल्ला स्तरीय छनौट प्रतियोगिता हो, प्रदेश हुँदै केन्द्रको लागि समेत छनौट खेल हुने हुनाले विद्यार्थीका लागि महत्व पूर्ण रहेको समेत महासचिव थापाले बताए ।

