
धादिङ असार २७ । अविरल वर्षाको कारण गजुरीमा पहिरोले घर भत्कँदा ८ वर्षिय बालिकाको मृत्यू भएको छ ।
गजुरी गाउँपालिका वडा नं. ४ दरिङ्गाल बलुवाडाँडामा पहिरोले घर भत्कँदा ८ वर्षिय बालिका अस्मिता तामाङको मृत्यू भएको प्रहरीले जनाएको हो ।
बिहिबार देखि परेको अबिरल वर्षाको कारण देशभरमा ११ जनाको मृत्यु, ८ जना बेपत्ता भएको, १३ जना घाइते भएको राष्ट्रिय आपतकालिन कार्यसंचालन केन्द्रले जनाएको छ ।

