धुनिबेसीका राजेन्द्र लुईटेल नक्कली डिएसपी बनेको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
असार २७, २०७६

धादिङ असार २७ । नेपाल प्रहरीको सिआईबिको डिएसपी हुँ, भन्दै ठगि गरेको आरोपमा धादिङ धुनिवेशी नगरपालिका २ का राजेन्द्र प्रसाद लुईटेल पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त थानकोटले ठगी गरेको आरोपमा लुईटेललाई सितापाईलाबाट पक्राउ गरेको हो ।

थानकोटका प्रमुख डिएसपी कुमार बिक्रमका अनुसार, चन्द्रागिरि नगरपालिका १५ बस्ने लुईटेलले चन्द्रागिरी नपा ३ बस्ने बिजय तामाङलाई म सिआईबिको डिएसपीहुँ मेरो सेकुरेटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्नु रु १लाख ६० हजार पर्छ भनि पटक पटक भेट तथा फोन समेत सम्पर्क गरि रकम माग गर्दे गरेको खुलेको हो ।

पक्राउ परेका लुईटेलको साथबाट एक थान रेडियो सेट र सो को चार्जर एक थान, नगद १० हजार समेत प्रहरीले बरामद गरेको गरेको जनाएको छ ।