
धादिङबेसी असार २४ । धादिबेसी आशपासमा रहेका माध्यमिक विद्यालयमा अध्ययन गरि रहेका विद्यार्थीका लागि नेतृत्व विकास तथा माेटिभेशन कार्यशाला सम्पन्न भएकाे छ ।
पोजेटिभ भ्राईवेशन नाम दिईएकाे उक्त कार्यशालामा पशुपति मावि साङ्काेष, देउराली मावि मुरलीभन्ज्याङ, चिल्ड्रेनपार्क, नीलकण्ठ मावि, धादिङ बोर्डिङ र एड्भान्स एकेडेमी धादिङबेसीका दुई सय भन्दाबढी विद्यार्थीहरु सहभागी थिए ।
नीलकण्ठ नगरपालिकाले आयाेजना गरेकाे उक्त कार्यक्रमकाे सहजिकरण मोटिभेटर प्रितम पौड्यालले गरेका थिए ।
हाम्रो सफलतामा पूर्ण रुपमा खु्शी हुने आमा बुवा र शिक्षक हुन् । तर एकपटक हामी सबैले सम्झौं, हाम्रो खुशीमा रमाउने आमाबुवा र शिक्षकलाई हामीले कति दुख दियाैं ? हामी अझै आमाबुवालाई सताउन त छोडेका छैनौं । माेटिभेटर पाैड्याल भन्दै थिए । पाैड्याल जति बाेल्दै गर्थे विद्यार्थीहरु तेतिनै भावुक र स्तब्ध देखिन्थे ।

