बन्दी बनाएर केटालाई केटी बनाईयाे

Avatar photo
Dhadingpost
असार २४, २०७६

काठमाण्डौ असार २४ । कन्चनपुरमा कक्षा १२काे परीक्षा दिएर राेजगारी गर्न भारत गएका सुरेन्द्र अहिले केटी बनेर फर्किएका छन् ।

सुरेन्द्र रहरले केटी बनेका हैनन्, उनलाई बन्दक बनाएर ५ दिन बाेहाेस बनाई केटी बनाईएकाे हाे । पहिला बसेकाे जुँगाकाे रेखी हरायाे, शरीरकाे बनावट केटी कै जसरी विकास भयाे तर स्वरमा भने परिवर्तन भएन् ।

यस्ताे छ घटना बिवरण
१२ को परीक्षा दिएर २०७२ मा बुवासंगै कामको खाेजीमा हरिद्धार छिरेर वुवासँगै हरिद्वारमा काम गर्दै गरेका सुरेन्द्र माललाई एक अपरिचित नेपालीले बढी तलबको लोभ देखाएर भारतको अर्को शहर चण्डिगढ लगे । उनलाई ६ महिनासम्म एउटा घरमा काममा लगाईयो । त्यो घरमा तेश्रो लिङ्गी र किन्नर जातिका मान्छे मात्रै बस्थे । उनी केही समयपछि त्यहाँबाट भाग्न सफल त भए तर फेरी उनलाई पहिलेकै साहुले लगे ।

यतिवेला उनलाई १ महिना कुनै तनाव दिईएन् । उनी खुसीले नै काम गरे । तर, एक महिनापछि कुनै रोगको महामारी फैलिएको भन्दै औषधि खान दवाव दिईयो । औषधि खाने बितिक्कै आफु बेहोस भएको र ५ दिन पछि मात्रै होसमा आए ।

उनलाई बेहोसीमैं लिंग सहित शारीरीक बनावट नै परिवर्तन हुने औषधि शरीरमा पुर्याइएको उनि बताउछन् । आफ्नो लिंग र शरीरमा परिवर्तन मात्रै होइन विस्तारै सुरेन्द्रबाट प्रियामा रुपान्त्रीत भएको दुखेसो सुनाउनछ उनि ।

दुई वर्षसम्म बन्धक जस्तै जिवन बिताएका र विवाह, ब्रतबन्ध तथा अन्य समारोहमा नाच्ने काम गर्नु वाध्य बनाइएका सुरेन्द्रले अन्य व्यक्तिलाई भारत रोजगारमा जाँदा बुझेर मात्रै जान सुझाव दिएका छन्  ।

बन्दक बनाउनेकाे विरुद्ध उजुरी सँगै कानुनी परामर्शका लागि काठमाडौंं आएकी प्रिया अहिले मानशिक रुपमा तनाव ग्रस्त छिन् दाेसी उपर कार्वाही र क्षेतिपुर्तिकाे माग छ उनकाे ।