धादिङबाट कल्पाना धमला सहित नेकपा प्रवेश प्रवेश गर्नेहरु

Avatar photo
Dhadingpost
असार २१, २०७६

धादिङ असार २१ । तात्कालिन नयाँ शक्ति नेपालको सचिवालय सदस्य एवम् पूर्व वित्रान तथा प्रविधि मन्त्री कल्पना धमला सँगै धादिङबाट दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (नेपाल कम्युनिष्ट पार्टी) मा प्रवेश गरेका छन् ।

शुक्रबार नेकपाका अध्यक्षद्वय प्रधान मन्त्री केपी ओली र प्रचण्डको हातबाट टिका ग्रहण गरि धादिङबाट प्रवेश गर्नेमा कल्पना धमला सहित गाउँपालिकाबाट पर्यटन व्यवसायी गोकुल केसी, पर्यटन व्यवसायीहरु विएन् ढकाल, किरण धेल, बासु सिटौला रहेका छन् ।

यस्तै धमला सँगै नीलकण्ठ नगरपालिकाका सामाजिक अभियान्ता अशोक कुमार बस्नेत, गजुरी गाउँपालिकाका नकुल थापा (करुण), ज्वालामुखी गाउँपालिकाबाट प्रकाश लम्साल प्रवेस गरे । त्यसैगरि सुनबहादुर तामाङ, युवराज थापा क्षेत्री, सोमबहादुर नेपाली, रेशम श्रेष्ठ, इन्द्रबहादुर मगर, मात्रिका कोईराला लगायत छन् ।

शुक्रबार धमला सहित तत्कालीन नयाँ शक्ति पार्टीका प्रभावशाली नेताहरु देवेन्द्र पराजुली, मनु हुमागाइँ नेकपामा प्रवेश गरेका थिए ।

नेतृ कल्पना धमला नेकपामा प्रवेश
कल्पना धमला नेकपामा प्रवेश गर्दै