नेतृ कल्पना धमला नेकपामा प्रवेश

Avatar photo
Dhadingpost
असार २०, २०७६

धादिङ असार २० । पूर्वमन्त्री कल्पना धमलासहित तत्कालीन नयाँ शक्ति पार्टीका प्रभावशाली नेता देवेन्द्र पराजुली, मनु हुमागाइँ लगायतका नेताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई संघीय समाजवादी फोरममा मिसाएकामा रुष्ट भएका यी नेताहरु नेकपामा शुक्रबार प्रवेश गरेका हुन् ।

उनीहरुलाई एक भव्य कार्यक्रमका बीच नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डले स्वागत गरेका थिए ।

पार्टी प्रवेशल गत्तै धमला, पराजुली र पौडेलले देशको अहिले आशा र भरोसाको केन्द्र नेकपा नै भएकाले यही पार्टी प्रवेश गरेको बताए थिए ।

२०३१ साल माघ १० गते नीलकण्ठ नगरपालिका स्थित ज्यामरुङमा बुबा दुर्गाप्रसाद र आमा लक्ष्मी धमलाबाट जन्मेकी कल्पना धमला तात्कालिन जनयुद्धले स्थापित गरेको नेतृ हुन् ।

मानविकी संकायबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण धमलाले विद्यार्थीकाल मै राजनीति सुरु गरेकी थिईन् । उनले २०६४ साल संविधानसभा निर्वाचनमा २० हजार ७ सय ३० मत प्राप्त गरी विजयी बनेकी थिईन् ।