
धादिङ ज्वालामुखी अासार १९ । धादिङको ज्वालामुखी गाउँ पालिका वडा नं. ६ काउँले डाडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । मृत्यु
धादिङमा बिहीबार दिउँसो भएकाे उक्त सवारी दुर्घटनामा ज्वालामुखी गाउँ पालिका वडा नं. ६ का वर्ष ३६ का कृष्ण बहादुर रम्तेलकाे मृत्युु भएकाे हाे ।
दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही वडाका वर्ष २२ की विनु सुनार, उनकी छोरी वर्ष २ की कपिज सुनार र चालक वर्ष २५ का दिवाकर ढकाल रहेका छन् ।
धादिङबेसीबाट सिमेन्ट लिएर काउँलेडाँडातर्फ जाँदै गरेको बा २ ख ९७५० नम्बरको ट्रक उकालो चढ्ने बेलामा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही वडाका वर्ष २२ की विनु सुनार, उनकी छोरी वर्ष २ की कपिज सुनार र चालक वर्ष २५ का दिवाकर ढकाल रहेका छन् ।
