
धादिङ असार १८ । पुर्वमन्त्री कल्पना धमला बिहिबार एक विशेष कार्यक्रम आयाेजना गर्दै नेकपा (नेपाल कम्युनिस्ट पार्टी) प्रवेश गर्ने जानकारी प्राप्त भएकाे छ ।
संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मान जनक नभएकाेे बताउँदै धमला नेकपामा प्रवेस गर्न लाग्नु भएकाे नेकपा धादिङका एक नेताले बताए ।
स्राेेेतका अनुसार पुर्वमन्त्री कल्पना धमला सहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता गरी २० जना नेकपामा प्रवेश गर्ने भएका हुन् ।
उनीहरुलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै उपस्थित भएर पार्टी प्रवेश गराउने तयारी गरिएकाे ।

