
कोपा अमेरिका २०१९मा अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाईनल प्रवेष गरेको छ । बुधबार भएको सेमिफाईनलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोलले हराउँदै फाईनल प्रवेष गरेको हो ।
१९ औं मिनेटमा ग्याब्रीयल जेससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ब्राजिलका लागि दोस्रो गोल रोबर्टो फिर्मिनोले गोल गरे । उनले काउन्टर प्रहारमा गोल गर्दै टोलीलाई फाइनलमा पुर्याएका थिए ।
ब्राजिलले फाइनलमा साविक विजेता चिली र पेरुबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

