हिले दौडमा विकास राई र सोनी गुरुङ प्रथम

Avatar photo
Dhadingpost
असार १५, २०७६

धादिङबेसी असार १५ । धादिङबेसी स्थित बिर्ताबेसीमा भएको हिले दौड प्रतियोगितामा महिला तर्फ सिद्धलेक नलाङकी सोनी गुरुङ प्रथम भएकी छिन् भने पुरुष तर्फ सङ्खुवासभाका विकास राई प्रथम भएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा धादिङ जिल्लामै पहिलो पटक आयोजना गरिएको खुल्ला हिले दौड प्रतियोगितामा महिला तर्फ द्वितियमा धुनिबेसी धादिङकी रसिला तामाङ र तृतियमा काठमाडौँकी निर्जला ताम्राकार भए ।

यस्तै पुरुष तर्फ कैलालीका किरण मल्ल द्धितीय र नेपालगञ्जका खिम बहादुर खत्री तृतीय भए ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने ले क्रमस प्रथम हुनेलाई नगद ५० हजार, ३० हजार र २० हजार सिल्ड प्राप्त गरेका थिए ।
प्रतियोगिता राष्ट्रिय लोक खेल अनुसन्धान संघ धादिङले आयोजना गरेको हो ।