एड्भान्स एकेडेमीले विद्यार्थीलाई दहि चिउरा खुवायो

Avatar photo
Dhadingpost
असार १५, २०७६

धादिङबेसी असार १५ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले विद्यालयमा अध्ययनरत ८ सय ५० भन्दा बढी विद्यार्थीलाई दहि चिउरा खुवाई असार १५ बनाएको छ ।

किसान सँग जोडिएको पर्व असार १५ को बारे विद्यार्थीलाई जानकारी दिन सम्पूर्ण विद्यार्थीलाई दहि चिउरा खुवाउने कार्यक्रम गरिएको एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिए ।

नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ । असार पन्धलाई कृषि सभ्यता र महत्व बुझ्ने, बुझाउने पर्वको रुपमा लिदै विद्यार्थीहरुलाई दहि चिउरा खुवाईएको समेत श्रेष्ठले बताए ।