
धादिङ असार १५ । धादिङको बेनिघाटमा बस र दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
लु १ ख ९०७९ नम्बरको बस, बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रो एकआपसमा ठोक्किदा २जनाकाे मृत्यु भएकाे हाे ।
दुर्घटनामा परि अन्य ६ जना गम्भीर घाइते भएका छन् । यस्तै ३० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
२७ वर्षीय श्यामकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रहरीका अनुसार माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको अर्को माइक्रो बससँग ठोक्किँदा दुर्घटना भएको हो ।

