कुमार अधिकारीद्वारा NRNA अष्ट्रीयाको उपाध्यक्षमा उम्मेदवारी

Avatar photo
Dhadingpost
असार १४, २०७६

धादिङबेसी असार १४ । धादिङबेसीका कुमार अधिकारी अष्ट्रीया बसेको एक दशक भन्दा बढी भयो । उनी विदेशी भुमिमा बसेर नेपालमा सामाजिक काममा सरिक हुने सामाजिक अभियान्ताको रुपमा परिचित छन् ।

उनै कुमार अधिकारी गैरआवासीय नेपाली सघं अष्ट्रीयाको जुलाई २१, २०१९ अर्थात साउन ५ गते आईतबार नयाँ कार्य समिति गठन हुने निर्वाचनका लागि उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC Austria) अष्ट्रीयाको २०१९-२०२१ लागि बन्ने कार्य समितिको उपाध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।

प्रवासमा एक दशक भन्दाबढी समय विताई सकें, यस अवधिमा सुन्दर नेपाली समुदायको एकता, सदाचार, नेपाली कला संस्कृती सम्रक्षण तथा प्रचार प्रसार, नेपालमा रहेका असाह्य गरिवहरुका लागि आर्थिक सहयोग सिप ज्ञान आदान प्रधानमा महत्व पूर्ण योगदान गर्न आफुनो उम्मेदवारी रहेको उनी बताउँछन् ।

‘नेपालीको लागी नेपाली’ भन्ने नाराका साथ चुनावी मैदानमा रहेका अधिकारी भन्दछन् परोपकारी सेवाद्वारा मात्र उन्नत नेपाली समाज बनाउन सकिन्छ भन्ने विश्वासका साथ एनआरएनमा आफुलाई पनि जोड्न पुगेको छु । आफु लगायत धेरै दाजुभाई तथा दिदी/बहिनीहरुको सहयोगले सानातिना परोपकारी कामहरु त पहिलाबाट बारम्बार गर्दै आइरहेकै छु र यस्तै कार्यहरुमा अग्रसर भएर आफ्नो सामाजिक दायीत्वलाई संस्थागत गर्ने हेतुले एनआरएन अस्ट्रीयाको उपाध्यक्षका लागि उम्मेदवारी दिएको हुँ ।