
गोपाल फ्युवा
धादिङ असार १४ । धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिकाको झार्लाङमा अवस्थित सिङगलादेवी माध्यामिक विद्यालयमा २००० वाटको सोलार जडान गरिएको छ ।
विकट ठाउँमा । रहेको यस विद्यालयलाई वैकल्पिक उर्जा केन्द्र खुमलटारले सोलार जडान गरि बत्ती र कम्प्युटर सञ्चालनमा सहजता बनाएको हो ।
सोलार जडानले विद्यालयको प्रशासन सञ्चालन, लेखा व्यवस्थापन र सुचना तथा सञ्चारमा सघाउ पुग्ने विद्यालयका प्रधानाध्यापक बिमल लामा लोप्चेन बताउँछन् ।
जमाना अनुकुल प्रबिधि तर्फ अगाडि बढाउन यसले थप सहयोग पुगेको बिव्यस अध्यक्ष बेचबहादुर तामाङको धरणा छ ।

