सिपी कलेजका विद्यार्थीलाई उद्यमशिलता तालिम दिईयो

Avatar photo
Dhadingpost
असार १३, २०७६

धादिङबेसी असार १३ । धादिङबेसी स्थित सिपी कलेजमा बिबिएसमा अध्ययनरत विद्यार्थीलाई ७ दिने उद्यमशिलता तालिम दिईएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति धादिङले बिबिएसमा अध्ययनरत ३० जना छात्रा/छात्रलाई उद्यमी बनौं, उद्योग गरौं भन्ने नाराको साथउक्त उद्यम शिलता तालिम दिएको हो ।

घरेलु तथा साना उद्योग विकास समिति धादिङका लेखा अधिकृत तथा तालिम समापन कार्यक्रममा प्रमुख अतिथि मिनराज खड्काले उद्यम शिलता तालिमले विद्यार्थीमा व्यवसायी बन्न प्ररित गरेको बताएका थिए ।

तालिममा सहभागि विद्यार्थीहरुले उद्यमी बन्न पैसाले नरोकिने रहेछ मात्र सिप र योजनाको खाँचो पर्ने सिकेको बताएका थिए ।

कार्यक्रमका सभापति एवम् कलेजका अध्यक्ष शान्तविक्र बानियाँले बैक तथा वित्तिय संस्थाका लागि चाहिने जनशक्ति उत्पादनको लागि सिपी कलेजले स्थापना गरिएको स्मरण गर्दै अब जागिर मात्र हैन उद्यमी बनाउने योजना सहित कलेजले गृहकार्य सुरु गरेको बताएका थिए ।