
गोपाल फ्युवा
धादिङ असार १३ । धादिङको खनियावास गापा वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय महत्वको स्थान तातोपानी जाने गोरेटोबाटो निर्माण सम्पन्न भएको छ ।
तातोपानीमा स्नान गर्नेहरूको घुइचो रहदै आएता पनि बाटोको अफ्टेरोले समस्या परिरहेको अवस्थामा गोरेटोबाटो निर्माण सम्पन्न भएको हो ।
पहिले भएको बाटो भूकम्पमा भत्किनुका साथै सडक निर्माण गर्दा पुरिएकाले झार्लाङका स्थानीयहरू डुण्डुरे पुगेर तातोपानी बाध्यता अब टरेको छ ।
स्थानीयहरू तातोपानी निस्कनुलाई भगवानको कृपा ठान्दछन् । त्यसैले पवित्र स्थान मानेर पुजा पाठ र धुप चढाउने गर्दछन् । शारिरीक र मानसिक रोगहरू निको हुने विश्वासले देशका विभिन्न भागबाट यहॉ स्नान गर्न र बाफमा सेकाउन आउने गर्दछन् ।
भक्तजन तथा स्नान गर्नेहरूको अफ्टेरोलाई ध्यानमा राखी वडाध्यक्ष टेकबहादुर तामाङको पहलमा तातोपानी देखि ङेप्रङचेतसम्मको गोरेटो बाटो निर्माण गरिऐको हो । कुल बजेट ३५ लाख रहेको यस आयोजनामा अधिकतमरूपमा स्थानीय श्रम र साधन प्रयोग गरिएको थियो ।



