धादिङबेसीमा जारी आठौं एन्फा लिग (खेल अपडेट)

Avatar photo
Dhadingpost
असार १३, २०७६

धादिङ असार १३ । धादिङबेसीमा गत शनिबार देखि जारी आठौं एन्फा लिग प्रतियोगिताको लिग चरणको सबै खेलहरु सकिएको आयोजकले बताएको छ ।

जिल्ला फुटबल संघ धादिङले आयोजनामा भएको आठौं एन्फा लिक पुरुष फुटबलको क्वार्टर फाइनलमा भद्रकाली सामुदायीक विकास समाज, गजूरी सामुदायीक विकास समाज, न्यू स्टार क्लव, धादिङ समाज धादिङ, गलौदी यूवा क्लव, भद्रकाली स्पोट क्लव, व्याइज यूनाइटेड क्लव धादिङबेसी र विद्यार्थीथी उपकार संघ धुवाँकोट पुगेका छन् ।

क्वार्टर फाइनलका सम्पूर्ण खेलहरु शनिबनर सकिने र आईतबार सेमीफाईनल खेल हुने छ भने फाईनल खेल साेमबार हुने आयोजक संस्थाका महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।

लिग चरणको आज भएको खेलमा भद्रकाली सामुदायीक समाज र न्यू स्टार यूवा क्लव विचको खेल १-१ गोलको बराबरी मा सकिएको थियो । दोस्रो खेलमा भद्रकाली स्पोट कल्व र नलाङ कूम्पूर यूनाइटेड यूथ कल्व विचमा भद्रकाली स्पोट १ गोलले विजयी बनेको थियो । तेस्रो खेलमा गजूरी सामुदायिक विकास समाज र धूनवेशी यूवा समाज विचको खेल गोलरहित बराबरी मा टुङ्गिएको थियो ।

यस प्रतियोगिताका च्याम्पियनहरुको प्रदेश लिग हुनेछ । प्रदेश लिग च्याम्पियनहरुले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् । यो साउनमा हुनेछ । भदौमा खेलाडी दर्ता सुरु हुनेछ । त्यसपछि सी, बी हुँदै ए डिभिजन लिग हुनेछ ।

राष्ट्रिय लिग भने आगामी वर्षदेखि हुने, जसमा एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र ए डिभिजन लिगका शीर्ष ६ टोलीले भाग लिनेछन् ।