
धादिङ असार १२। धादिङ जिल्लाबाट शैक्षिक वर्ष २०७५ को माध्यमिक योग्यता परीक्षा (एसईई) मा ब्राईट फ्यूचर बोर्डिङ स्कुलमा अध्यनरत निर्जला पाण्डेले ४ जिपिए ल्याई जिल्ला प्रथम भएकी छिन् ।
धादिङ जिल्लाबाट आफ्नो विद्यालयकी छात्रा निर्जलाले मात्र ४ जिपिए ल्याएको दावी गर्दै मलेखुबजारमा खुसियाली मनाउँदै शिक्षक तथा विद्यार्थीहरुले र्याली गरेका थिए ।
धादिङबेसी स्थित धादिङ बोर्डिङका नविना श्रेष्ठ, सिद्धान्त श्रेष्ठ र अशिम श्रेष्ठले ३.९५ जिपिए ल्याएका छन् । यस्तै धादिङबेसी स्थित नीलकण्ठ माविका छात्रा सुरज तामाङ र प्रीतिका श्रेष्ठ ले ३.९० जिपिए ल्याएका छन् । त्यसैगरि न्युकिबाे बाेर्डिङबाट अन्जना लम्सालले पनि ९.५ ल्याएकी छिन् ।
धादिङ जिल्लाबाट ५ हजार ८ सय ५८ जना परीक्षार्थीहरु सहभागी थिए ।

