
नीलकण्ठ नगरपालिका धादिङका नगरप्रमुख श्री भिम प्रसाद ढुङ्गानाज्यू वाट प्रस्तुत आ.व.०७६/०७७ को नीति तथा कार्यक्रम
मिति २०७६/०३/१०
नीलकण्ठ नगरपालीकाको पाँचौ नगरसभामा उपस्थित नगरका उप प्रमूखज्यू, पमुख प्रशासकीय अधिकृतज्यू, वडाका वडा अध्यक्षज्यूहरु, कार्यपालीका सदस्यज्यूहरु, नगरसभाका सदस्यज्यूहरु !
नेपालको संविधान २०७२ जारी भै सघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भश्चातको यो २ बर्षको कार्यकालमा ४ वटा नगरसभा, २ बर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्दै आज हामी पांचौ नगरसभा सम्म आइपुगेका छौ । लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि नेपाली जनताले पटक पटक गर्दै आएको सवै खाले क्रान्ति र आन्देलनको स्मरण गर्दे उच्च सम्मानका साथ सम्र्पुण ज्ञात अज्ञात शहिदहरु प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै वेपत्ता घाइते र पिडित परिवार प्रती सम्मान व्यक्त गर्न चाहान्छु ।
नीलकण्ठ नगरपालीकाको भौगोलिक विविधता, आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय विशिष्ठताका अतिरिक्त नगरवासीहरुको तिव्र विकास प्रतिको चाहानालाई आत्मसाथ गर्दै दिगो विकासको लक्ष्य प्राप्ति एवं हामीले निर्वाचनका बेला गरेका प्रतिबद्धता पुरा गर्न नगरपालीकाले गत २ बर्षको नीति, कार्यक्रम र बजेटमा हदै सम्मको प्रयास गरेको कुरा सम्मानित नगरसभा समक्ष राख्न पाँउदा गौरव महशुस गरेको छु ।
आर्थीक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रमवाट प्रक्षेपण गरीएका लक्ष्य तथा कार्यक्रम कार्यान्वयनमा योगदान पु¥याउनु हुने सम्पूर्ण पदाधिकारी, कर्मचारी, राजनीतिक दल, दातृ समुदाय, संचारकर्मी तथा संचारसंस्थाहरु, नागरिक समाज, तथा आम नागरिकहरु प्रति आभार र धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
नगरसभा सदस्य ज्यूहरु !
अव म नीलकण्ठ नगरपालीकाले आर्थिक वर्ष २०७५÷२०७६ मा सम्पादन गरेको महत्वपुर्ण कार्यहरु प्रस्तुत गर्न चाहन्छु ।
- नगरपालीकाको वडा केन्द्रसम्म पुग्ने सडक सन्जालको स्तरउन्नती गरी ग्रावेल गर्ने कार्य चालू अवस्थामा रहेकोछ ।
- “तिर्खामुक्त नगर, मुहान विवादमा शुन्य सहनसिलता” भन्ने नीतिका साथ शुरु गरिएको स्वच्छ खानेपानी अभियानलाई मूर्तरुप दिन साझेदार संस्थासँग सहकार्य गरि केहि आयोजना सम्पन्न भएका छन् भने अन्य आयोजनाहरु चालू अवस्थामा रहेका छन् ।
- नगरपालीकावाट सम्पादन हुने काम कारवाही र रेकर्ड सिस्टमलाई पूर्र्ण म्ष्नष्तबष्शिभक गर्र्नेे कार्य प्रारम्भ भै सकेको छ ।
- स्थानीय सरकारको स्वःमुल्यांकन प्रणालीमा देश भरमा नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएकोछ ।
- खुल्ला सरकार नागरिक साझेदारी (इन्ए) को विश्वब्यापी मान्यतामा काम गर्ने प्रतिबद्धता सहित नागरिक साझेदारी समन्वय समिति गठन गरि काम अघि बढाउने पहिलो स्थानीय तहका रुपमा नगपालिकाले काम शुरु गरेको छ ।
- फोहोर मैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि विविध विकल्पहरुको खोजी भैरहेको र साझेदार सस्थाहरुसँगको छलफल तथा सहकार्य गर्ने प्रकृया अगाडि वढेको छ ।
- चक्रपथ निर्माण गर्ने हाम्रो प्रतिवद्रता बमोजिम सडक स्तरउन्नती र कालोपत्र गर्ने कार्य प्रारम्भ भएको छ भने हाम्रै कार्यकालमा चक्रपथको एलाइन्मेन्ट अनुसार बाह्रै महिना चल्ने गरि सम्पन्न गर्ने गरी काम अघि वढी सकेको छ ।
- आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य स्थल बनाउने अभिप्रायले २ वटा भ्यू टावर निर्माण र होमस्टे निर्माण का लागि पुर्वाधार विकास कार्य चालू अवस्थामा रहेकोछ ।
- काठेपोल रहित सुरक्षित विद्युतीकरण अभियान अन्तर्गत अधिकांश वडामा फलामे पोल वितरण र गाड्ने काम सम्पन्न भएकोछ ।
- धादिङवेशी बजार क्षेत्रको पक्की पीच, सडकपेटी निर्माण तथा बजारमा सुविधायुक्त सामुदायिक नगरभवन निर्माणका लागि प्रक्रिया शुरु भएकोछ ।
- मेयर उद्यमसिलता कार्यक्रम प्रारम्भ भै आम नगरवासीहरुमा उत्साह वढ्नुका साथै स्वरोजगारी सृजना, उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरीएको छ । अधिकांश वडामा प्रथम चरणको ब्यवसाय छनौट तथा उद्यमशिलता तालिम सम्पन्न भएकोछ ।
- मेयर कप खुल्ला फुटबल प्रतियोगिता तथा मा.वि.स्तरीय भलिवल प्रतियोगिता तथा राष्ट्रपति रनिङ्ग सिल प्रतियोगिता उत्साहजनक सहभागीतामा सम्पन्न गरीएको छ ।
- प्रसुती सेवा लिन स्वास्थ संस्था सम्म जाने गर्ववती महिलाहरुको लागि एम्बुलेन्स भाडा सहयोग कार्यक्रम प्रभावकारी रुपमा अघि बढेकोछ ।
- पशुविमा कार्यक्रम प्रभावकारी रुपमा अघि बढेकोछ ।
- नीलकण्ठ नगरपालिका खुल्ला दिशामुक्त नगर को रुपमा घोषणा भएको छ ।
- यस वर्र्ष सम्पन्न भैसकेका योजना तथा कार्यक्रम र पदाधिकारीहरुको अवलोकन भ्रमणबाट प्राप्त भएको सिकाईबाट कार्यपालिका टिमलाई थप उत्साहित वनाएको छ ।
नगरसभा सदस्य ज्यूहरु !
अब म आर्थिक वर्ष०७६/०७७ को नीती तथा कार्यक्रम प्रस्तुत गर्न चाहान्छु । आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम गत २ बर्षको नीति कार्यक्रमले अंगिकर गरेका नगरविकासको सिद्धान्त, चालू निति कार्यक्रमको निरन्तरता तथा केहि थप दीर्घकालीन सोँचका कार्यक्रमहरुका साथ प्रस्तुत गर्दैछु । साथै नेपालको संविधान २०७२ को भाग ४ धारा ४९, ५० र ५१ मा राज्यले तय गरेको निर्देशक सिद्धान्त, स्थानीय तहको निर्वाचनका बेला घोषित प्रतिबद्धतालाई साकार पार्न आवश्यक पूर्वाधार निर्माण र सेवा क्षेत्रमा सुधारलाई विषेश ध्यान दिएको छु । साथै नीलकण्ठ नगरपालिकाको आगामी १० बर्षको एकिकृत शहरी विकास गुरुयोजनाले निर्दिष्ट गरेका लक्ष एवं विकास प्राथमिकताहरुलाई पनि यो बर्षको नीति तथा कार्यक्रमको मुख्य विषयका रुपमा समेटेकोछु । आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रमलाई बुँदागत रुपमा निम्नानुसार प्रस्तुत गर्दैछुः - नीलकण्ठ नगरपालिकाको एकिकृत शहरी विकास रणनीति २०७५–०८५ ले निर्दिष्ट गरेका प्राथमिकता क्षेत्रलाई उच्च महत्व दिँदै “समृद्ध नीलकण्ठको आधारः कृषि, पर्यटन,उद्यमशिलता सहितको पुर्वाधार˝ भन्ने नारालाई सार्थक बनाउने अथक प्रयास गरिनेछ ।
- सवै वडा कार्यालय सम्म प–याुउने सडकलाई उच्च प्राथमिकता दिदै प्रारम्भ भएको सडक स्तरोउन्नती कार्य यस वर्ष पनि निरन्तर गरि नाली, पर्खाल निर्माण तथा ग्राबेल गर्ने कार्य सम्पन्न गरिने छ । सडक निर्माण गर्दा वातावरण मैत्री वनाई हरित सडकको अवधारणलाई लागु गरिने छ ।
- हाम्रो कार्यकालमा बाहै्र महिना चल्न सक्ने गरि चक्रपथ निर्माण कार्यलाई पुरा गर्न आवश्यक कार्य गरिनेछ ।
- तिर्खामुक्त नगर, मुहान विवादमा शुन्य सहनसिलता को नीतिका साथ प्रारम्भ गरीएको खानेपानी तथा सरसफाई अभियानलाई “एक घर एक धारा” हाम्रै बाँकि कार्यकालमा पूरा गरिने छ । नगर क्षेत्र भरी स्वच्छ गुणस्तरीय खानेपानीको पहँुचको सुनिश्चितका लागि विभिन्न निकाय तथा साझेदार सस्थाहरुको सहकार्यलाई निरन्तरता दिइने छ । यस बर्ष खानेपानी लाई विशेष प्राथमिकता क्षेत्र तोकि आवश्यक रकम विनियोजन गरिनेछ ।
- धादिङवेशी बजार क्षेत्रको सडक पक्की पीच तथा ब्यवस्थित सडक पेटी निर्माण कार्य आर्थिक बर्ष २०७६/०७७ भित्रै पुरा गर्ने गरि काम अघि बढाइनेछ ।
- नगरपालिकाको स्वास्थ संस्था नभएका वडाहरुमा भवन निर्माण सहित स्वास्थ केन्द्र स्थापना गरि यसै आर्थिक बर्ष भित्र सवै वडामा सम्बन्धित वडाबाटै आधारभूत स्वास्थ सेवा उपलब्ध गराइनेछ ।
- सम्पूर्ण स्वास्थ संस्थाहरुलाइ समक्ष वनाउदै स्वास्थ वीमा कार्यक्रमका लागि दातृनिकाय–नगर, नागरिक साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ । नागरिक स्वास्थ र जोखिम बहनका लागि विमा प्रवर्धन नीति अवलम्बन गरिनेछ ।
- गुण्स्तरीय शिक्षामा नगरवासीहरुको सरल र सहज पहूँचका लागि शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखी शिक्षण सिकाइमा प्रविधिको प्रयोगमा जोड दिइने छ । विद्यार्थीको सिकाइ र उपलव्धी प्रती शिक्षकलाई पूर्ण जिम्मेवार वनाउन तालिम, पुरस्कार तथा दण्डको व्यवस्था गरिने छ ।
- उज्यालो नीलकण्ठ अभियान अन्तर्गत विजुली वत्ति वल्न वाँकि स्थान र काठको पोल विस्थापन गर्ने कार्य यस वर्ष पूरा गरिने छ । साथै सौर्य वत्ति जडान र विस्तारलाई यस वर्ष पनि निरन्तरता दिइने छ ।
- स्मार्ट सिटीको पुर्वाधार निर्माण अभियान अन्तर्गत सवै विकास निर्माणका अभियानलाई दीर्घकालीन प्रभावयुक्त बनाउँदै नगरका सवै वडाहरुलाई आन्तरिक नेटवर्कमा जोड्न विशेष योजना सञ्चालन गरिनेछ । यस बर्ष नगरको डिजिटल अभिलेख तथ्यांक तथा बजार क्षेत्रलाई मेट्रिक ठेगाना प्रणालीमा ब्यवस्थित गरिनेछ ।
- निर्वाहमुखी कृषिलाई ब्यवसायिक कृषिमा रुपान्तरण गर्न आवश्यकतामा आधारित ज्ञानः परिणाममा आधारित अनुदान को नीति अख्तियार गरिनेछ । माटो परिक्षण, कृषिमा आधुनिकीकरण, व्यवसायिकरण, औधोगिकरण तथा वजारीकरणको कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ । सामुहिक तथा ब्यवसायिक खेती र पशुपंक्षी पालन प्रणाली विकासमा सहयोग गरिनेछ । उन्नत जातको पशुपञ्छी पालनलाई प्रोत्साहन गरि पशुपन्छी र कृषि विमा कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने छ ।
- नगरपालिका क्षेत्रमा भुउपयोग नीति लागु गर्दै एकिकृत बस्ती विकास तथा जग्गा एकिकरण अभियानलाई प्रोत्साहित गरिनेछ । नगरक्षेत्रको जग्गा हालसाविक तथा एकिन गर्न प्रकृया थालनी गरि सम्बन्धित निकाय संग सहकार्य प्रारम्भ गरिनेछ । एकिकृत रुपमा नमुना बस्ती विकास गर्न प्रस्ताव गर्ने नीजि तथा सामुदायिक संस्था एवं उपभोक्ताहरुलाई विशेष सहयोग गरिनेछ । नगरपालिकाको ग्रामीण इलाका तथा छिमेकी गाउँपालीका बाट शहरी क्षेत्रमा वसाई सराईको कारण शहरी वसोवासको चाप वढी रहेको सन्र्दभमा टोल तथा वस्ती विकासका लागि एकीकृत वस्ती विकासको कार्य थालनी गरिने छ ।
- नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरीत निर्माण गरिएका संरचनालाई विशेष व्यवस्था सहित कानुनी दायरामा ल्याई त्यस्ता कार्य गर्नेलाई निरुसाहित गरिने छ । नीलकण्ठ नगरपालिकाको भवन निर्माण संहितालाई यस बर्ष देखि पूर्ण कार्यान्वयनमा ल्याइनेछ ।
- नीलकण्ठ नगरपालिका वडा नंबर १३ विपी गाउँको देउराली भञ्ज्याङ देखि जुम्रेडांडा, वागेश्वरी हुँदै वडा नंबर ११ को चामभञ्ज्याङ सम्म यसै बर्ष देखि शुरु गर्ने गरि डिपिआर अनुसारको नेपालकै उत्कृष्ठ पर्यटकीय गन्तब्य, हिमालयन वाल , साझेदारी मोडेलमा निर्माण गर्न समपुरक कोषको ब्यवस्था गरिनेछ ।
- नीलकण्ठ नगरपालिकाको एकिकृत शहरी विकास योजनामा विशेष पर्यटन क्षेत्रका रुपमा समावेश गरिएको वडा नंबर १३ लाई वडा समितिको निर्णय, सर्वदलीय भेलाको निर्णय र प्रस्ताव समेतलाई सम्बोधन गर्दै विपि गाउँको रुपमा घोषणा गरिनेछ ।
- भौतिक निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तर मापन अनिवार्य गर्न र खानेपानीको शुद्धता परिक्षण गर्न यसै बर्ष गुणस्तर मापन प्रयोगशाला स्थापना गरिनेछ ।
- आ.व.०७५/०७६ सम्ममा अत्यावश्यक नियम र कार्यविधि निमार्ण गरी कार्यान्वयनमा ल्याइएको र यस आ.व. प्राकृतिक प्रकोप व्यवस्थापन ऐन, शुशासन ऐन र कृषि व्यवसाय पर्वद्धन ऐन लगायत दर्जन वढि ऐन कानुन कार्यविधि निर्माण गरि कार्यान्वयनमा ल्याइने छ । ऐन कानुनको अभावमा उद्योग, व्यापार व्यवसाय दर्ता, संचालन र नियमनमा पुगेको असहज अवस्थाको निराकरण गरिनेछ ।
- पिछडिएका दलित समुदायका वालवालिकाको शिक्षामा पहूँच बढाउन दलित छात्रावास भवन निर्माण गरिनेछ । दलित छात्रवृत्ति कोष स्थापना गरि आर्थिक अभावमा विद्यालय जान नसकेका दलित विद्यार्थी तथा प्राविधिक शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई सहायता प्रदान गरिनेछ । दलितहरुको परम्परागत पेशालाई ब्यवसायिकीकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
- गरिव, सिमान्तकृत, पिछडिएका एवं अपाङगता भएका छात्र छात्राहरुको प्राविधिक तथा व्यवसायिक विषयहरु तर्फ माध्यामिक तथा उच्च शिक्षा अध्ययनमा पहुच वृद्धि गर्न छात्रवृद्धिको व्यवस्था गरिने छ ।
- सार्वजनीक भौतीक संरचनाको. निर्माणलाई वालमैत्री, अपाङ्ग–मैत्री, लैङ्गिकमैत्री तथा जेष्ठ नागरीक मैत्री वनाइने छ ।
- लैंगिक हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै लैंगिक हिंसा प्रभावीत कोषको स्थापना गरिनेछ ।
- नगरपालीकाको भवन अपुग भएको र भएका संरचनाले सेवा प्रवाहमा वाधा पुगेकोले नगरपालीका रहेको भवनको हालको संरचनामा सुधार तथा पार्किङग्को व्यवस्था गरिने छ । नगरपालीकाको वडा कार्यालयहरुको भवन निर्माण तथा स्तरबृद्धि कार्य यसै वर्ष सम्पन्न गरिने छ ।
- नगरभित्रका सहकारीहरुको सहकारी–सिद्धान्त अनुसार सचांलन हुने परिपाटीको सृजना गर्न आवश्यक व्यवस्था गर्नुका साथै सहकारी संस्थाहरुलाई आवश्यक प्रशिक्षणको समेत व्यवस्था मिलाइने छ । कृषिमा आधारित सहकारीहरुलाई विशेष प्रोन्साहन गरिने छ । गरीवी न्युनीकरणको लागि सहकारीलाई प्रमुख आधारको रुपमा लिर्दै एक व्याक्ति एक सहकारी आवद्धताको अवधारणलाई कार्यान्वयनमा ल्याइने छ ।
- वाल विवाह, यौन जन्य अपराध, दुर्वशनी न्युनिकरणका लागि विद्यालय स्तरवाट जागृति ल्याउन सचेतना सम्बन्धि कार्यक्रम संचालन गरिने छ ।
- आधारभुत स्वास्थ सेवामा सवै नगरवासिहरुको सर्व सुलभ पहुँच तथा गुणस्तर सुनिश्चित गर्दै खोप, सुरक्षित मातृत्व तथा परिवार नियोजन, नवजात शिशु तथा वाल स्वास्थ्य, आयुर्वेदिक तथा अन्य परम्परागत स्वाथ्य सेवालाई थप प्रभाकारी बनाइनेछ ।
- महामारी नियन्त्रण, विपद व्यवस्थापन तथा आपतकालीन स्वास्थ अवस्थाको पूर्व तयारीका लागी एकिकृत उपायहरुको अवलम्वन गर्दै स्वास्थ्य निगारानीलाई सुद्धढ गरिने छ ।
- जेष्ठ नागरिक, अपाङ्ग, महिलाहरुमा देखिने प्रसुति सम्बन्धि रोगहरुको निःशुल्क स्वास्थ परिक्षणका लागि घुम्ती शिवीरको व्यवस्था गरिने छ । विद्यालयमा किशोर किशोरी प्रजनन शिक्षा तथा किशोरीहरुलाई भेण्डर मेसिन प्रयोग गरि निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।
- खेलकुदको विकास मार्फत स्वास्थ र अनुसासित नागरिक उत्पादनमा जोड दिईने छ । मेयर कप फुटवल, भलीवल तथा अन्य खेलकुद क्षेत्रको विकासलाई निरन्तरता दिईने छ । नगर स्तरीय खेलकुद प्रतिस्पर्धावाट राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने गरि खेलाडी प्रोत्साहन पुरस्किृत तथा सम्मानको नीति लिइनेछ ।
- शैक्षिक वेरोजगार, वेरोजगार र वैदेशिक रोजगारीबाट विभिन्न सिप र दक्षता हासिल गरि स्वदेशमै केहि उत्पादनसिल कार्य गर्न चाहने यूवाहरुको लागि यूवा स्वरोजगार कार्यक्रम मेयर उद्यमशिलता कार्यक्रम संगै अघि बढाइनेछ भने वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सुरक्षीत आप्रवासन कार्यक्रम सञ्चालन गरिनेछ ।
- नगरको युवा युवतीहरुलाई लागु औषधीको दुव्र्यसनी वाट टाढा राख्न स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, टोल सुधार समिति लगायतका सरोकारवाला संघ सस्था संगको संयुक्त पहलमा आवश्यक कार्यक्रम अगाडि वढाईने छ ।
- घरेलु तथा साना उद्योग दर्ता र संचालनका लागि आवश्यक कार्यविधि निर्माण गरी व्यवस्थापन गरिने छ । घरेलु तथा साना उद्योगलाई यूवा स्वरोजगार कार्यक्रमसँग आवद्ध गरी संचालनको व्यवस्था मिलाइने छ ।
- घर जग्गाको रेकर्ड, व्याक्तिगत घटना दर्ता तथा कार्यलयवाट सम्पादन गरिने सम्पूर्ण काम कारवाहि र तथ्याङ्कको म्ष्नष्तबष्कि गरी कागजी काम कारवाहीको अन्त्य गर्ने प्रयोजनका लागि सफ्टवयर निर्माणको सम्झौता भैसकेकोले यसै आर्थिक वर्ष देखि उक्त म्ष्नष्तबष्कि कथकतझ बाट सेवा प्रदान गर्न सुरु गरिने छ ।
- फोहार मैला विर्सजनेको दीर्घकालिन एकिकृत व्यवस्थापनका लागि साझेदार सस्ंथाहरुसँगको सहकार्यवाट वहूपक्षीय लाभ मार्फत यसै आर्थिक बर्ष भित्र प्रभावकारी निकास निकालिने छ ।
- वन क्षेत्रको संरक्षण र सम्वर्धनका लागि समुदायिक वन उपभोत्ताका समितिहरुसँग सहकार्य गर्दै जाने नीति अवलम्वन गरिनेछ । वन पैदावारको कटान, छपान र निकासीवाट प्रात्त हुने राजश्व वृक्षारोपण र वन संरक्षणकै लागि उपयोग गरिने छ । सामुदायिक वनमा जडिबुटी खेतीको प्रवर्धन गर्दै डंडेलो नियन्त्रणका लागि सामुदायिक सहकार्य तथा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
- भु–क्षय र वाढी पहिरो नियन्त्रणका लागि सडक निर्माण नँया कटिङ्ग मात्र गर्दा हुने भु–क्षय रोक्न कटिङ्ग प्रतिशत लागत अनुमान वाटै निर्धारण गर्दै लगिने व्यवस्थालाई निरन्तरता दिइने छ । भु–क्षय नियन्त्रणका लागि वृक्षरोपण, वाढी पहिरो नियन्त्रणका लागि जुनसुकै वखत प्रयोगमा ल्याउन सकिने गरी ग्याविन तारजाली र ह्युमपाईप उपलब्ध गराउने व्यवस्था गरिने छ ।
- सवारी पार्किङग्लाई थप व्यवस्थित वनाउनका साथै सुरक्षाका लागि ऋऋत्ख् थप जडान तथा ट्राफिक व्यवस्थापना विशेष ध्यान दिइनेछ । धादिङवेशी बजारको बजार ब्यवस्थापन तथा पार्किङका लागि विकल्प खोजि सामुदायिक सहकार्य तथा साझेदारीमा प्रभावकारी क्रियाकलाप अघि बढाइनेछ ।
- नगरका १४ वटै वडामा टोलविकास समिति गठन कार्यक्रम सञ्चालन गरि हरेक घर अनिवार्य सदस्य अभियान अभियान सञ्चालन गरि सामुदायिक विकास तथा शसक्तिकरणमा जोड दिइनेछ ।
- नगरविकासमा नगरबासीको क्षमता र सोँचलाई प्रयोग गर्ने गरि प्रतिस्पर्धात्मक शैलिमा नयाँ आयोजना तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- शुशासन प्रवर्धनका लागि जन प्रतिनीधि र कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन सम्झौता तयार गरि सो का आधारमा प्रोत्साहन तथा पुरस्कारको ब्यवस्था गरि अनियमितता, गैह्र जिम्मेवारीपन र भ्रष्टाचारका विरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।
- स्वदेश तथा विदेशका नगरपालिकाहरु संग भगिनी सम्बन्ध स्थापित गरि आपसी भाइचारा, ज्ञान, सिकाई तथा प्रविधिको आदान–प्रदान कार्यक्रम सञ्चालन गरिनेछ ।
नगरसभा सदस्य ज्यूहरु !
नगरका सम्पुर्ण ऐतिहासिक धार्मिक, सास्कृतीक एवं पुरातात्विक महत्वका पर्यटकीय स्थलहरुको विकास र प्रवर्धनमा आवश्यक पहल गरिने छ । होमस्टे निर्माण, भ्यूटावर, पार्क तथा उद्यान निर्माणलाई प्राथमिकता दिइने छ । भैरवी मन्दीरको पुनर्निर्माण तथा रामकोट दरवारको पुरातात्वीक खोज अनुसन्धानका लागि आवश्यक ब्यवस्था गरिनेछ ।
नीलकण्ठ नगरपालीकाको नामाकरणसँग जोडिएको पौराणिक काहवत वमोजिम विष श्रवण गरेको नीलकण्ठ महादेवको मूर्ति सहितको र्पाक निर्माणका लागि स्थल छनौट तथा डिपिआर तयार गरिनेछ ।
नगरपालीका भित्रका आदिवासि,जनजाती, दलित तथा सिमान्तकृत जातीहरुको भाषा, लिपी, सस्कृती, भेषभाुषा, धार्मिक तथा सास्कृतीक परम्पराको संरक्षण र सम्वर्धनमा टेवा पु–याउन लक्षित कार्यक्रम संचालन गरिने छ ।
नगर भित्रका सवै युवा क्लवहरुलार्ई सुचिकरण गरी खेलकुद, समाजसेवा, स्वरोजगारी तथा विकास कार्यमा सरिक गराउन युवा क्लवस्तरीय कार्यक्रम संचालन गरिनेछ ।
नगर भित्रका महिला समुह, आमा समुहलाई व्यवसायिक समुहका रुपमा रुपान्तरण गरी उत्पादनशिल क्षेत्रमा आर्कषित गरिने छ ।
- महिला वालवालिका, अपाङ्गता भएका व्यक्तिहरुको संमग्र विकास तथा मुल प्रवाहीकरणका लागि लक्षित कार्यक्रम ल्याइनेछ । साथै जेष्ठ नागरीकको सिप अनुभवलाई नगरको समग्र विकासमा समाहित गर्ने वातावरण सृजना गरी पुस्तान्तरणको व्यवस्था मिलाइने छ ।
- अपांगताको विविधतालाई हेरी नीजको परीवारका सदस्य र अन्य ईच्छुक संघ संस्था र व्याक्ति समेतको सहकार्यमा रोजगारी सृजना हुने तथा आयआर्जन र जिविकोपार्जनमा जोड दिईनेछ ।
- एकल महिला, जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति, टुहुरा र सीमान्तकृत समुदायका लागि सामाजिक सुरक्षाको ग्यारेन्टी गर्दै आवश्यक सहायताको थालनी गरिनेछ ।
- वृद्धा तथा वालवालीकाको आराम र मनोरन्जन गर्ने ठाँउको रुपमा दिवा सेवा केन्द्रहरुलाई उपभोग गर्ने गरी दिवा सेवा केन्द्र निर्माण गरिने छ ।
- स्थानीय सरकार सचांलन ऐन २०७४ को दफा ४७ ले व्यवस्था गरे अनुसार मेलमिलापको माध्यमवाट विवादको समाधान गर्नेहेतुले मेलमिलाप केन्द्रको स्थापना गर्ने कार्य प्रारम्भ भै सकेको र यसको व्यवस्थापनका लागि आवश्यक पहल गरिने छ । न्यायिक कार्य सम्पादनको लागि यसै वर्ष इजलासको व्यवस्था गरिने छ ।
- प्रकृतिक तथा अन्य विपत जोखिम न्युनिकरणका लागि नागरिक स्तरसम्म जागरण तथा सचेतना कार्यक्रम ल्याइनेछ । विपद व्यवस्थापनका लागी आवश्यक ऐन नियमको निर्माण गरी छुटै विपद कोषको व्यवस्था गरिने छ । नगरक्षेत्रको उपयुक्त स्थानमा विपद उद्धार केन्द्र स्थायना गरी उद्धार सामाग्रीको व्यवस्थापन गरिने छ ।
- नगरपालीकामा तोकीएको दरवन्दी वमोजिमका कर्मचारीहरुको खुल्ला प्रतियोगात्मक विधिवाट लिइने पद्धती विकास गर्दै कर्मचारीहरुको क्षमता विकासको लागि आवश्यक व्यवस्था मिलाइने छ ।
- ठुला तथा नगरका गौरवका योजनाहरु संघिय सरकार प्रादेसिक सरकार तथा अन्य साझेदारी निकायहरुसँगै सहकार्य गर्न सम्पुरक कोषको व्सवस्था गरिने छ ।
- स्थानीय सञ्चार माध्यमलाई सम्बर्धन र प्रवर्धन गरिने नीतिलाई निरन्तरता दिईनेछ । साथै सञ्चार माध्यमको अधिकतम उपयोग गरिने छ ।
- नीलकण्ठ नगरपालिकाको प्रथम र दोश्रो नीति तथा कार्यक्रममा घोषित भै पुरा गर्न बाँकी रहेका कार्यक्रमलाई यस बर्षको नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिई कार्यान्वयन गरिनेछ ।
अन्तमा
शुसासन प्रवर्धन गर्न मानव अधिकार, कानुनी शासन, पारदशिता, जवाफदेहीता, उतदायित्वमा जोड दिने हाम्रो प्रतिवद्धता हो । यसको सफल कार्यान्वयनका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दलहरु, संचारकर्मीहरु, सामाजिक संघ सस्थांहरु, नीजि तथा सहकारी क्षेत्र, साझेदार सस्था नागरिक समाज लगायत नगरवासी सवैको सदभाव, सहभागिता र सहयोग आवश्यक छ । यस नीति तथा कार्यक्रम सफल बनाउन सदा झै सम्पुर्ण क्षेत्रवाट सहयोगको अपेक्षा गरेको छु ।
जय नेपाल

