
असार १० । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव धादिङमा पनि परेको छ ।
बन्दका कारण धादिङबेसीबाट चल्ने यातयातका साधनहरु चलेका छैनन् भने उद्योग कलकारखाना, शैक्षिक संस्था, पसलहरु बन्द हुँदा जनजिवन प्रभावित बनेको छ ।
पृथ्वीराजमार्ग र कालुपाण्डे राजमार्गमा राखिएका बमहरु सेनाले निकृय गरेको थियो । सेना निकृय गर्दै जाने विप्लव कार्यकर्ताहरु बम राख्दै जाने राजमार्ग क्षेत्रमा लुकामारी जस्तै बनेको छ आजको बन्द ।
पृथ्वी राजमार्ग अन्तरगत मासटारमा गस्ती प्रहरीको भ्यान रोकीएको २० मिटरको दुरीमा १०ः३० बजे विप्लव कार्यकर्ताले बम राख्द समेत प्रहरीले थाहा पाएन मोटर साईकल चालकले बम राखेको जानकारी दिए पछि बल्ल प्रहरीले थाहा पायो ।
बुङ्चुङ्मा एका विहानै ट्याक्टर जलायर बन्द गराउन उत्रिएका विप्लव कार्यकर्ताले ट्याक्टर चालक र अर्को एक जनाको मोबाईल समेत नियन्त्रणमा लिएका छन् ।
सुरक्षाको सम्बेदनशिलतालाई ख्याल गर्दै मोबाईल नियन्त्रणमा लिएका हौं । मोबाईल लिन सम्पर्कमा आउन चालकलाई आग्रह गरि सकिएको जिल्ला सेक्रेटरी बुद्ध ले धादिङपोष्टलाई बताए ।

