
सजना श्रेष्ठ, धादिङ
कक्षामा होडबाजी मचिन्थ्यो, आज कस्को राम्रो बफ हुनिको राम्री देखिनी । सोर्ह्र सत्रको बैसले हामी माथि पुर्ण रुपमा आफ्नो बिस्तापना सक्काएर गालामा पोटिला रङहरु देखाउन थालेका थिए ।
हाँसोमा उत्ताउलोपन चरम सिमामा दगुर्दै थिए । कुराहरु बाङिन थालिसकेका थिए । मै राम्री छु भन्ने घमन्डले बानिहरुमा ताण्डब गर्न थालिसकेका थिए ।
घरका सङ झर्किने अर्का सङ पल्किने बानी पनि बस्न थालेका थिए । कोहि नयाँ मान्छे देखे आफुलाई नै हेरोस भन्ने भावना मनमा जोडसङ पैदा हुन्थ्याेे ।
अझ नचिनेको अलि ह्यन्सम केटो देखा परे भने उसै उसै मन फुरुङ्ग हुन्थ्यो । तेजिला मुस्कानमा जो कोहि पनि लठ्ठिन्थ्ये उसै माथी आफुलाई चम्काउन नाना थाती चिज ऎना अगाडी बसेर आफुमा पोति दिन्थ्ये, लिपि दिथ्ये ।
५ मिनेटको बाटो भएर स्कुल जानु पर्थ्यो तै पनि अरुलाई देखाउन हो या, यो पनि बैसको उत्ताउलो पन थ्यो, बुबालाई भनेर गजबको झोला लेराएको थिए ।
आकाशे रङको सर्टमा मुजा नै मुजा पारेर सिलाएको निलो फ्रक तेस माथि पिङ्क कलरको राम्रो झोला,कानमा रङ रङको टप अझ नपुगेर सियोले लोति भन्दा माथी पनि उनेर चाँदीको मुन्द्रा लगाएकी,आँखामा गाजल दिनमा सायदै छुटेका हुथ्ये लिपिस्टिक नलगाई त हाँस्न आउन्न थ्यो ।
टिका पनि कहिले तिन दाना चामलमा पालिस लगाएर रङिन बनाएर लगाउने ।
कहिले गाजलको, कहिले पत्तामा रङिबिरङी आउथ्यो हो, त्यो किनेर लगाउथ्ये, कहिले बिन्दिको ।
औठी सार्ह्रै मन पर्नी… मोटा-मोटा, लामा-लामा औंलामा थोरै-थोरै नङ पालेर पालिस लगाउँदा त औंठी पर्लै सुहाउथ्यो रे साथिहरुले पनि भन्थ्ये । अनि म २० रुपियाँमा आउनी प्लास्टिकको औंठी पाँचै वटा औंलामा लगाउथ्ये ।
कपाल बाट्नमा म आफै माहिर थिए, तर मन लाग्न छाडेका थिए, जुरेलिको गुड जस्तो बनाएर हिड्दा नै आफु राम्री भए झै लाग्थ्यो ।
खै कता कुन फिलिमको प्रभाव परेर हो । ८ कक्षामा नै मैले जुल्फी काटेको थिए । कपाल काट्ने बाट्ने कोर्ने सबै म आफै गर्थ्ये किनकी म आफैलाई आउथ्यो । सायद यस्तो जुल्फिले पनि म राम्री देखिन्थ्ये कि !
घाँटीमा अनेक किसिमको माला हुन्थ्ये । कति मन्दिरको दर्शन गरेर आएका छिमेकिहरुले दिएको अनि तेस्लाई नै नयाँ डिजाइनबाट बटारेर हेर्दै सुन्दर देखिने गरेर लगाउथ्ये कति पसलबाट मै आफै किनेर लेराउथ्ये ।
स्कुल जाँदा घरबाट एकडेड घन्टा अगाडी नै निस्कन्थ्ये, साथिहरुको घरमा पस्दै जान्थ्ये कतिलाई आफैले गएर कपाल बाटिदिनु पर्थ्यो कतिलाई टिका मुछेर लगाइदिन पर्थ्यो । अझ कतिलाइ स्कुल जानको लागी निन्द्राबाट बिउझाउनु पर्थ्यो । ………
स्कुल पुगेपछी छुटै सन्सार हुन्थ्यो छुट्टै रवाफ हुन्थ्यो । आफ्नो, छुटै राज्य हुन्थ्यो । म रानी हुन्थ्ये, किनकी म रानिमा चिन्ह लगाउथ्ये र चोर पुलिस खेल्दा सधै रानी बन्थ्ये ।केटा साथीहरूले अाफै लाई हेरे हुन्थ्याे जस्ताे लाग्ने ।
स्कुले जीवन पार सँगै ती दिनहरु पनि पार भए, सम्झदा अाफैलाई हाँसाे उठ्ने कति रमाईलाे कति माेज थियाे त्याे बालपनका क्षणहरु, त्याे स्कुले बैंस । 😉😉😉

