
धादिङ असार ८ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती धादिङको छैटौं अधिवेशनबाट कमला गैरे निर्विरोध अध्यक्षमा निर्वाचित भएकी छिन् ।
धादिङबेसी स्थित होटल धादिङ भ्यू एण्ड दोहोरी साँझको संचालिका समेत रहेकी कमला गैरे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल धादिङको इतिहासमा पहिलो अध्यक्षमा समेत दर्ज भएकी छिन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौदीमा शनिबार सम्पन्न भएको छैटौ अधिवेशनले गैरेको अध्यक्ष रहने गरि २५ सदस्यी जिल्ला समिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गणेश खनाल,महिला उपाध्यक्षमा देश तथा विदेशमा समेत परिचित नेत्रावती गाउँपालिकाबाट मनमायाँ वाईवा र द्वितिय उपाध्यक्षमा गंगाजमुना गाउँपालिकाका प्रकाश विनायक चयन भएका छन् ।
यसैगरि पटक-पटक लोक संगितको कार्यक्रम राखेर धादिङमा कला संस्कृतिको जगेर्नाको लागि महत्वपूर्ण भुमिका खेल्ने धादिङका शालिन र भद्र कलाकारका रुपमा परिचित बेनिघाट रोराङ गाउँपालिकाका संगित सुवेदी सचिवमा, गोकर्ण लायमगर सहसचिव, रविन उपाध्यय कोषाध्यक्ष र धादिङ नीलकण्ठ नगरपालिका मुरलिभञ्ज्याङका सिताराम परियार सह-कोषध्यक्षमा चयन भएका छन् ।
हिमाल घलेको सभापतित्व तथा बलबहादुर गुरुङको संचालनमा मा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल वरिष्ट उपाध्यक्ष रमेश बि. जी. ले केन्द्रिय भवन निमार्णमा धादिङले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका थिए ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि बेनिघाट गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले विश्वमा मलुकको नाम राख्ने कि कलाकार, कि खेलाडी हुन् कला र खेल सम्रक्षण र विकासका गाउँपालिकाले नीतिगत रुप मै सम्मान गरेको बताएका थिए ।
डल्लाकोटीले म्याराडोना, पेलेको नाम दुनियाले पहिला चिन्यो अनि मात्र कुन देशका थिए भनेर खोजियो यसैले पुष्टि र्छ खेल र कलाकारिताको महत्व भन्दै कला र गला हुनेहरु निर्धक्क भएर लाग्नुस भविश्य छ, त्यसका लागि सदैव सहयोग रहने प्रतिवद्धता समेत गरेका थिए । दिनभरको झरीमा समेत राष्ट्रिय कलाकारहरुले गायको लोक दोहरीमा स्थानीयहरुको सहभागिता उल्लेख्य रहेको थियो ।




