खाल्टेमा सहिद स्मृति दिवस तथा स्मृति भवन उद्घाटन

Avatar photo
Dhadingpost
असार ७, २०७६

धादिङ असार ७ । धादिङको नीलकण्ठ नगरपालिका स्थित खाल्टेमा सहिद डम्बर श्रेष्ठ स्मृति दिवस मनाईएको छ । दश वर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाद्धारा २०५९ साल आषाढ ७ गते सतिदेवीमा हत्या गरिएका डम्बर श्रेष्ठको सम्झना गर्दै १७ स्मृति दिवस मनाईएको हो ।

दिवस कै अवसरमा सहिद स्मृति स्मृति भवन समेत उद्घाटन गरिएको थियो । कार्यक्रमलाई संवोधन गर्दै सांसद लोहनीले शहिदहरुले देखाएको बाटोलाई सही ढङ्गले पछ्याउने र शहिदहरुले छाडेर गएका अधुरा कामहरुलाई पुरा गर्न निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि नेकपा नेता रामबहादुर भण्डारीले आजकै दिन १७ वर्ष अगाडी तात्कालिन माओवादी धादिङको मुख पत्र आँखु सन्देश र नुवाकोटको मुख पत्र छाल पत्रिकाको काम गरि रहेका डम्बर श्रेष्ठ, रवि बोगटी र विमल घलेको हत्याको स्मरण गरेका थिए ।

स्मृति दिवस तथा स्मृति भवन उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सांसद खेम प्रसाद लोहनी, नेकपा धादिङका नेता राम बहादुर भण्डारी, नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारी, नेकपा धादिङका नेता दिपक वि।क, वडा नं। ५ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

आज डम्बर श्रेष्ठ, रवि बोगटी र बिमल घले स्मृति दिवस