
धादिङ असार ६ । नेकपाका महासचिव नेत्रविक्रम चन्दले सर्लाही घटनालाई गम्भीरताका साथ लिएको भन्दै संघर्षका कार्यक्रम सहित विज्ञप्ती निकालेका छन् ।
सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी हानेको गोली लागी मारिए पछि आक्रोशित बनेका विप्लवले जनक्रान्तिबाटै जवाफ दिने चेतावनी सहित १० गते नेपाल बन्दको घोषणा गरेका छन् ।
विप्लवले विज्ञप्ति निकालेर नेकपाले आसार ७ गते प्रचारप्रसार, ८ गते कोण सभा तथा घरदैलो , ९ गते मसाल जुलुस, १० गते आमहड्ताल सहित नेपाल बन्द गर्ने जनाएका छन् ।
उनले पौडेललाई नियन्त्रणमा लिएर वर्वरतापूर्वक हत्या गरिएको दाबी गर्दै मानवअधिकारकर्मी, सञ्चार जगत र वुद्धिजीवीलाई उचित छानविन गर्न समेत आग्रह गरेका छन् ।


