प्रहरीद्वारा विप्लव नेतृत्वको नेकपा सर्लाही जिल्ला इञ्चार्ज मारिए

Avatar photo
Dhadingpost
असार ५, २०७६

सर्लाही असार ५ । सर्लाहीको लालबन्दीमा प्रहरीले चलाएको गोली लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् ।

लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको कारण जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको प्रहरीले बताएको छ ।

मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको प्रवक्ता विश्वराज पोख्रेलले बताएका छन् ।

विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।