मकाउमा जिपि कोईराला फाउन्डेसनको स्थापना

Avatar photo
Dhadingpost
असार ४, २०७६

मकाउ असार ४ । गरिजा प्रसाद कोईराला फाउन्डेसनको नयाँ क्लस्टर मकाउमा एसिया प्यासीफिक स्थापना भएको छ ।

खेलकुद, स्वास्थय र शिक्षामा गरिव अंनाथ अपाङ्ग उत्पिडित जनताहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ जिपि कोईराला फाउन्डेसन मकाउमा समेत स्थापना भएको हो ।

G.P koirala foundation Macau को उद्घाटन गर्दै पूर्व मन्त्री एवम् नेपाली काँग्रेस नेत्री सुजाता कोईरालाले स्व. गिरिजा प्रसाद कोईरालाले नेपालमा द्वन्दरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याई गणतन्त्र धर्मनिरपेक्षा हुँदै संघियता सम्म आईपुग्न महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गरेकी थिईन् ।

G.P koirala foundation Asia pacific का संयोजन सुदर्शन थापा मगरको अध्यक्षतामा भएको उक्त फाउण्डेशन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस प्रति आस्था राख्नेहरुको बाक्लो उपस्थिती मकाउबाट प्रजुन अधिकारीले धादिङपोष्टलाई बताए ।