
धादिङ असार ४ । सिद्धलेक गाउँपालिका नलाङ काम्दीका बमबहादुर गिरीलाई बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले नगद १० लाख सहयोग गरेका छन् ।
विगत केहि वर्ष देखि धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तिमा मजदुरी गर्दै आई रहेका बमबहादुर गिरीको छोरा निर्माणाधिन ह्वासिन सिमेन्ट नारायणी प्रा.ली. ले सडक निमार्ण गर्दा खनेको खाडलमा परि एक महिना अघि मृत्यू भएको थियो ।
स्थानिय जनजागृति आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ८ वर्षिय केदार गिरीको सडक निर्माणका क्रममा स्क्याभेटरले खनेको खाल्टोमा परी बालकको निधन भए सँगै गाउँपालिकाले १० लाख दिने पिडित पक्ष सँग सहमति गरे अनुरुप पालिका अध्यक्षले उक्त रकम प्रदान गरेका हुन्

