
धादिङ असार १ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी नेपाल मिलेर समाजवादी पार्टी बने सँगै पूर्व नयाँ शक्ति पार्टी धादिङका नेता तथा कार्यकर्ताहरु एमालेर माओवादी केन्द्र मिलेर बनेको नेकपामा प्रवेस गरेका छन् ।
काठमाडौमा एक पार्टी प्रवेसको कार्यक्रम आयोजना गरि आईतबार पुष्पविक्रम मल्ल, खेम प्रसाद लोहनी लगायतका नेताहरुले उनीहरुलाई स्वागत गरेका थिए ।
जिल्ला सचिवालय सदस्य एवम् युवा संगठन जिल्ला संयोजक टिकाराम तामाङको नेतृत्वमा ९ जना नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका हुन् ।
नेकपा प्रवेश गर्नेहरु:
१. टिकराम तामाङ, जिल्ला सचिवालय सदस्य एवम् युवा संगठन जिल्ला संयोजक
२. सन्दिप स्याम्चेल, जिल्ला परिषद सदस्य
३. सुरेश तामाङ, जिल्ला सचिवालय सदस्य एवम् युवा संगठन सचिव
४. सुकराम तामाङ, जिल्ला सचिवालय सदस्य
५. जंगे तामाङ, युवा संगठन जिल्ला सदस्य
६. बुद्धिमान तामाङ, युवा संगठन जिल्ला सदस्य
७. लालबीर गुरुङ, पार्टी सदस्य
८. बुद्ध तामाङ, पार्टी सदस्य
९. राजवीर गुरुङ, पार्टी सदस्य

