
धादिङ असार १ । वैदेशिक रोजगारीबाट फर्किएका धादिङ्गेहरुको हकहितको लागि रिटर्नी माइग्रेन्ट नेपाल धादिङ गठन गरिएको छ ।
धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित मलेखुका निर्मल नारायण थपलियाको अध्यक्षतामा रिटर्नी माइग्रेन्ट धादिङको तदर्थ समिती गठन गरिएको हो ।
वैदेशिक रोजगारीबाट फर्किएका धादिङ जिल्ला भरिबाट उपस्थित सहभागीहरुले निर्धारित समयमा रिटर्नी माइग्रेन्ट धादिङको अधिबेशन गराउने गरि थपलियाको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिती गठन गरेका हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गएर काम गरि फर्केका नेपालीहरुलाई स्वदेशमा स्थापित गराउन पहल गर्ने र ब्यावसायिक बनाउने उदेश्यले २०७५ सालमा स्थापना भएको संस्था रिटर्नी माइग्रेन्टले देशभर संजाल बनाउदै जाने क्रममा धादिङको मलेखु स्थित भद्रकाली मन्दिरको सभाहलमा भेला भएको थियो ।
रिटर्नी माइग्रेन्ट नेपालको केन्द्रिय उपाध्यक्ष ऋषि बस्यालको प्रमुख आथित्य, केन्द्रिय सचिव कृष्ण कुमार न्यौपाने, कोषाध्यक्ष अजिता ठकुरी, केन्द्रीय सदस्य रबिन ठकुरीको आथित्यमा संचालन भएको कार्यक्रमको सभापतित्व नारायण प्रसाद थपलिया रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषि बस्यालले बिदेशबाट फर्केका नेपालीलाई सरकारले ऋणको लागी प्रक्रिया पुर्याउने व्यवसाय प्रवद्र्धन र अधिकारका लागि रिटर्नी माइग्रेन्ट नेपालले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
