धादिङ असार १ । आल्मुनियम,स्टील र ग्रील ब्यवसायी संघ धादिङको अध्यक्षमा रमेश आचार्य चयन भएका छन् ।
धादिङ जिल्लाभर छरिएर रहेका आल्मुनियम, स्टील र ग्रील ब्यवसायीहरुको शनिबार सम्पन्न प्रथम भेलाबाट आचार्य अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् ।
भेलाले संघको उपाध्यक्षमा गजुरी गाउपालिकाका सिता दुवाडी खनाल र नीलकण्ठ नगरपालिका ईश्वर श्रेष्ठ, महासचिबमा बेनिघाट रोराङ गाउपालिकाका दिपक कडेल, सचिवमा नीलकण्ठ नगरपालिकाका राजन थापा, कोषाध्यक्षमा थाक्रेका बिनेश तामाङलाई चयन गरेको छ ।
सदस्यहरुमा त्रिपुरासुन्दरी गाउपालिकाका रामशरण पन्त, नीलकण्ठ नगरपालिकाका गणेश श्रेष्ठ, धुनीबेशीका नगरपालिकाका सफल कुवर, दिपक खड्का, बेनिघाट रोराङ गाउपालिकाका नरेन्द्र ब. कटुवाल, सिद्धलेक गाउँपालिकाका रेखमान गुरुङ, थाक्रे गाउपालिकाका रामकृष्ण सुनार,गल्छी गाउँपालिकाका अर्जुन अधिकारी र यादब बिक रहेका छन् ।
भेला ग्रील, स्टिल तथा आल्मुनियम ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रुपेन्द्र बाँनियाको प्रमुख आतिथ्यता तथा गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र बस्नेतको विशेष आतिथ्यता रहेको थियो ।
